ताजा अपडेट
फिल्म बनाउन पैसा जुटाउन ३ वर्षसम्म दैनिक ८ देखि १० वटा बाख्रा चोर्ने दाजुभाइ पक्राउ

पिताले फिल्म बनाउँदै थिए । फिल्ममा उनले आफ्नै २ छोराहरुलाई मुख्य भूमिकामा अभिनय गराइरहेका थिए । तर, फिल्म बनाउँदै गर्दा पैसा सकिएपछि सुटिङ रोकियो । फिल्मको सुटिङ रोकिएपछि बाँकी फिल्म बनाउनको लागि आवश्यक पैसा फिल्म निर्माताको छोराहरु दाजुभाइ मिलेर बाख्रा चोरेर बेच्न थाले । उनीहरुले बाख्रा बेचेर आएको पैसा जम्मा गरेर फिल्म बनाउन लगानी गर्ने सोच बनाएका थिए । तर, गत शनिबार उनीहरु पक्राउ परेका छन् ।
टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार ३० वर्षका भी निरन्जन कुमार र उनका दाजु ३२ वर्षका लेनिन कुमारले तमिलनाडुको वाशरमेनपेट क्षेत्रमा विगत ३ वर्षदेखि बाख्रा चोरिरहेका थिए । उनीहरुको बाख्रा चोर्ने क्रम त्यतिबेला रोकियो जब गएको शनिबार मधावरम थानाको पुलिसले उनीहरुलाई पक्राउ गर्यो । यी दाजुभाइले दैनिक ८ देखि १० वटा बाख्रा चोरी गर्थे । ती बाख्रालाई उनीहरुले एउटाको करिब ८ हजारमा बेच्थे । यो पैसा उनीहरुले फिल्म बनाउनको लागि जुटाइरहेका थिए ।
यी दाजुभाइले बाख्राको बथानबाट एउटा वा २ वटा मात्र बाख्रा चोर्ने गर्थे । सुरुमा यी दाजुभाइले यसरी एउटा वा २ वटा बाख्रा चोर्दा कसैले उजुरी नगरेपछि उनीहरुले चोरी नियमित रुपमा गर्न थालेका थिए । बाख्रा चोरी गर्न उनीहरु कार लिएर बाख्रा चर्ने मैदान क्षेत्रमा जान्थे । बाख्राहरु चरिरहेको ठाउँमा नजिक मान्छे नभएको मौका पारेर उनीहरु बाख्रा समातेर गाडीमा हाल्थे र गाडी लिएर भाग्थे । उनीहरु यसरी बाख्रा चोर्न टाढा टाढासम्म बाख्रा चर्ने क्षेत्रमा घुमिरहन्थे ।
उनीहरुले गएको अक्टोबर ९ मा मधावरम क्षेत्रका पलानी नामका व्यक्तिको एउटा बाख्रा चोरे । तर, पलानीसँग ६ वटा मात्र बाख्रा थिए । पलानीले अरुले जस्तो बाख्रा हरायो भनेर चित्त बुझाउन सकेनन् । उनी पुलिसमा उजुरी गर्न गए । पलानीको उजुरीपछि बाख्रा हराएको क्षेत्रको सीसीटिभी जाँचमा पुलिसले बाख्रा चोरी भएको देख्यो तर कारको नम्बर प्रस्ट बुझिएन । अनुसन्धानको क्रममा पुलिसले त्यस क्षेत्रमा अरुको पनि एउटा वा २ वटा बाख्रा हराएको तर उनहिरुले उजुरी नगरेको थाहा पायो ।
चोरले नियमित रुपमै चोरी गर्ने गरेको पत्ता लागेको तर चोरको पहिचान गर्न नसकिएपछि त्यस क्षेत्रमा सादा पोसाकमा पुलिस परिचालन गरियो । गएको शनिबार ती पुलिसले बाख्रा चोरी गर्दै गर्दा ती दाजुभाइलाई पक्राउ गरे । पुलिसका अनुसार यी दाजुभाइका पिता विजय शंकरले ‘नी थान राजा’ नामको फिल्म बनाउँदै थिए र फिल्मको मुख्य भूमिकामा यी दाजुभाइ थिए । फिल्म बनाउने पैसा सकिएपछि यी दाजुभाइले फिल्म बनाउन पैसा जुटाउन बाख्रा चोरी गर्न थालेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी
-
सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती
-
विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै
-
बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट
-
गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न
प्रतिक्रिया