Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

फिल्म बनाउन पैसा जुटाउन ३ वर्षसम्म दैनिक ८ देखि १० वटा बाख्रा चोर्ने दाजुभाइ पक्राउ

फिल्म बनाउन पैसा जुटाउन ३ वर्षसम्म दैनिक ८ देखि १० वटा बाख्रा चोर्ने दाजुभाइ पक्राउ

पिताले फिल्म बनाउँदै थिए । फिल्ममा उनले आफ्नै २ छोराहरुलाई मुख्य भूमिकामा अभिनय गराइरहेका थिए । तर, फिल्म बनाउँदै गर्दा पैसा सकिएपछि सुटिङ रोकियो । फिल्मको सुटिङ रोकिएपछि बाँकी फिल्म बनाउनको लागि आवश्यक पैसा फिल्म निर्माताको छोराहरु दाजुभाइ मिलेर बाख्रा चोरेर बेच्न थाले । उनीहरुले बाख्रा बेचेर आएको पैसा जम्मा गरेर फिल्म बनाउन लगानी गर्ने सोच बनाएका थिए । तर, गत शनिबार उनीहरु पक्राउ परेका छन् ।

टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार ३० वर्षका भी निरन्जन कुमार र उनका दाजु ३२ वर्षका लेनिन कुमारले तमिलनाडुको वाशरमेनपेट क्षेत्रमा विगत ३ वर्षदेखि बाख्रा चोरिरहेका थिए । उनीहरुको बाख्रा चोर्ने क्रम त्यतिबेला रोकियो जब गएको शनिबार मधावरम थानाको पुलिसले उनीहरुलाई पक्राउ गर्यो । यी दाजुभाइले दैनिक ८ देखि १० वटा बाख्रा चोरी गर्थे । ती बाख्रालाई उनीहरुले एउटाको करिब ८ हजारमा बेच्थे । यो पैसा उनीहरुले फिल्म बनाउनको लागि जुटाइरहेका थिए ।

यी दाजुभाइले बाख्राको बथानबाट एउटा वा २ वटा मात्र बाख्रा चोर्ने गर्थे । सुरुमा यी दाजुभाइले यसरी एउटा वा २ वटा बाख्रा चोर्दा कसैले उजुरी नगरेपछि उनीहरुले चोरी नियमित रुपमा गर्न थालेका थिए । बाख्रा चोरी गर्न उनीहरु कार लिएर बाख्रा चर्ने मैदान क्षेत्रमा जान्थे । बाख्राहरु चरिरहेको ठाउँमा नजिक मान्छे नभएको मौका पारेर उनीहरु बाख्रा समातेर गाडीमा हाल्थे र गाडी लिएर भाग्थे । उनीहरु यसरी बाख्रा चोर्न टाढा टाढासम्म बाख्रा चर्ने क्षेत्रमा घुमिरहन्थे ।

उनीहरुले गएको अक्टोबर ९ मा मधावरम क्षेत्रका पलानी नामका व्यक्तिको एउटा बाख्रा चोरे । तर, पलानीसँग ६ वटा मात्र बाख्रा थिए । पलानीले अरुले जस्तो बाख्रा हरायो भनेर चित्त बुझाउन सकेनन् । उनी पुलिसमा उजुरी गर्न गए । पलानीको उजुरीपछि बाख्रा हराएको क्षेत्रको सीसीटिभी जाँचमा पुलिसले बाख्रा चोरी भएको देख्यो तर कारको नम्बर प्रस्ट बुझिएन । अनुसन्धानको क्रममा पुलिसले त्यस क्षेत्रमा अरुको पनि एउटा वा २ वटा बाख्रा हराएको तर उनहिरुले उजुरी नगरेको थाहा पायो ।

चोरले नियमित रुपमै चोरी गर्ने गरेको पत्ता लागेको तर चोरको पहिचान गर्न नसकिएपछि त्यस क्षेत्रमा सादा पोसाकमा पुलिस परिचालन गरियो । गएको शनिबार ती पुलिसले बाख्रा चोरी गर्दै गर्दा ती दाजुभाइलाई पक्राउ गरे । पुलिसका अनुसार यी दाजुभाइका पिता विजय शंकरले ‘नी थान राजा’ नामको फिल्म बनाउँदै थिए र फिल्मको मुख्य भूमिकामा यी दाजुभाइ थिए । फिल्म बनाउने पैसा सकिएपछि यी दाजुभाइले फिल्म बनाउन पैसा जुटाउन बाख्रा चोरी गर्न थालेका थिए ।

प्रतिक्रिया