Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बैतडी बस दुर्घटना अपडेटः मृतक ७ जनाको सनाखत, ११ जना गम्भीर घाईते रेफर (मृतक र घाईतेहरुको नामावली सहित)

बैतडी बस दुर्घटना अपडेटः मृतक ७ जनाको सनाखत, ११ जना गम्भीर घाईते रेफर (मृतक र घाईतेहरुको नामावली सहित)

बैतडीको पाटन नगरपालिका–८ को खोड्पेमा गए राती भएको बस दुर्घटनामा परि मृत्यु भएका ९ जना मध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु भएका मध्ये बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द, सोही वडाका करण सिंह ऐरी र कवीन्द्र जोशी रहेका छन् ।

डिलासैनी गाउँपालिका– ७ घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका– १० का विजना धामी रहेकी छिन् । यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरि र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की रहेकी छिन् ।  दुर्घटनामा ३४ जना घाइते भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर –२ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस राती करिब १० बजेतिर दुर्घटनामा परेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

मृत्यु हुनेका ७ जना पुरुष र २ जना छन् । मृतक मध्ये एक जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु थियो ।  अरुको घटनास्थलमै मृत्यु भएको उनले बताए । उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको एक जना बाहेक मृतक सबैको शवलाई जिल्ला अस्पताल बैतडी लगिएको छ । घाईते ३४ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ । सबैलाई उपचारको लागि राती डडेलधुरा अस्पताल पठाईएको थियो ।

गम्भीर घाइते ७ जना र अन्य चार जना गरी १० जनालाई डडेलधुराबाट धनगढी रेफर गरिएको छ । बसका चालक र सहचालक दुवै घाइते छन् । बसका ४३ जना जति यात्रु सवार रहेको बताइएको छ ।

मृतकहरु
१. कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की
२. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द
३. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का करण सिंह ऐरी  
४. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का कविन्द्र जोशी 
५. डिलासैनी गाउँपालिका–७ घर भई भिमदत्त नगरपालिका–१० का विजना धामी
६. दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा
७. दार्चुलाका तर्कराज गिरी
८. सनाखत हुन बाँकी
९.सनाखत हुन बाँकी

घाईतेहरु
१.बैतडीको दोगडाकेदार–७ का बिरेन्द्र कार्की
२.कञ्चनपुरको बेलौरी नगरपालिका–७ का बिमला कुँवर
३. कञ्चनपुरको बेलौरी नगरपालिका–७ का निवेश ऐर
४. कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की दीपा चन्द
५. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बिमला बडू
६. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सुस्मत जोशी
७. बैतडीको डिलाशैनी गाउँपालिका–१ जनक धानुक
८. दार्चुलाको गोकुलेश्वरका धन बहादुर खत्री
९. दार्चुलाको मार्मा गाउँपालिका–२ मटेलाकी जानकी सिंह
१०. बैतडीको डिलाशैनी गाउँपालिका–४ का लोकेन्द्र बोहरा
११. अछामकोे चौरपाटी गाउँपालिका–४ अमृत कुमाल
१२.कैलालीको गौरीगंगा नगरपालिका–११ का विरेन्द्र चौधरी
१३.कैलालीको फुलबारी नगरपालिकाका–१८ का लोकेन्द्र बस्नेत
१४.बैतडीको पुर्चुडी नगरपालिकाका सुरज लुहार
१५.कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दशरथ गिरी
१६.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का नरमा देवी धामी
१७.बैतडीको दोगडाकेदार गाउँपालिका–७ की अमृता विक
१८.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हर्क धामी
१९.दार्चुलाको सिपटी गाउँपालिकाका पूर्ण टमटा
२०. कैलालीको गोदावरी नगरपालिका–३ का वेद प्रकाश धामी
२१.कञ्चनपुरको बेलाडाँडी गाउँपालिका–३ का नरेन्द्र सिंह साउँद
२२.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरकी कल्पना कार्की
२३.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का कौशल साउँद

डडेल्धुरा अस्पताबाट रेफर भएकाहरु
१. बिरेन्द्र घर्तीमगर
२. विरेन्द्र चौधरी
३. सुरज विक
४. लोकेन्द्र बोहरा
५. पूर्ण टमटा
६. संगीता विक
७. दशरथ गिरी
८. बिरेन्द्र कार्की
९. धन सिंह खत्री
१०. कल्पना कार्की र उनका डेढ वर्षको छोरा ।
स्रोतः डडेल्धुरा अस्पताल 

प्रतिक्रिया