Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाल पारा ओलम्पिक कमिटीको स्वागत तथा स म्मान कार्यक्रम सम्पन्न, पारा खेलकूद विकासकालागि पहल गर्ने : राखेप सदस्य कुँवर

नेपाल पारा ओलम्पिक कमिटीको स्वागत तथा स म्मान कार्यक्रम सम्पन्न, पारा खेलकूद विकासकालागि पहल गर्ने : राखेप सदस्य कुँवर

राष्ट्रिय खेलकुद परिषद् सदस्य एकेन्द्र बहादुर कुँवरले अपाङ्गता भएका व्यक्तिले खेल्ने पारा खेलकूद विकासकालागि पहल गर्ने बताउनु भएको छ । शुक्रबार कञ्चनपुरको कर्भडहलमा नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशले उनकाे सम्मानमा गरेकाे ‘स्वागत तथा सम्मान’ कार्यक्रममा  नव नियुक्त सदस्य कुँवरले यस्ताे बताउनु भएको हो।

उहाँले परिषदको पहिलो बैठकबाटै अपाङ्गताको खेलकुद विकासका लागि निर्णय गर्ने बचन दिदै प्रदेशको समाजिक विकास मन्त्रालयमा समेत पहल गरिने बताए । पारा खेलकूदले देशकाे नाम र शान बढाइरहेकाे स्मरण गर्दै उहाँले भन्नुभयो  ‘म विशुद्ध खेलकुदको विकासका लागि काम गर्छु, यसमा ‘सबै क्षेत्रलाई समेटेर अघि बढ्नेछु।’

नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश सदस्य जिवन भट्टले स्वागत मन्तव्य राख्दै अपाङ्गता क्षेत्रको विकासका लागि खेलकुद समाग्री र भौतिक संरचनामा दिनुभयो भने नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दिर्घ कुमार स्वाँरले सुदूरपश्चिम प्रदेशमा भएका खेल संरचना पनि अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका भएका व्यक्तिलाई खेलकुद क्षेत्रको विकासमा बाधा पुगेको बताउनु भएको  थियो। उहाँले राज्यको सौतेली व्यवहारका कारण क्षमता हुँदाहुँदै पनि अपाङ्गता भएका व्यक्ति खेलबाट बञ्चित भएको गुनासो पोख्नुभयो ।

धन बहादुर महताले सञ्चालन गरेकाे उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद राखेप बोर्ड सदस्य  एकेन्द्र बहादुर कुँवर हुनुहुन्थ्यो, भने बिशिस्ट अतिथि जिल्ला खेलकुद बिकास समिति कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्ट र ओलम्पियन डम्बर भट्ट हुनुहुन्थ्यो । अतिथिमा जीवन गौतम,भलिबल प्रशिक्षक जगदीश भट्ट र उपेन्द्र कुँवर रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वाँरले गर्नु भएको थियो । सो कार्यक्रम मा नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका सदस्य सहितका पदाधिकारीहरूको पनि सहभागीता रहेको थियो । 

प्रतिक्रिया