Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपाल पारा ओलम्पिक कमिटीको स्वागत तथा स म्मान कार्यक्रम सम्पन्न, पारा खेलकूद विकासकालागि पहल गर्ने : राखेप सदस्य कुँवर

नेपाल पारा ओलम्पिक कमिटीको स्वागत तथा स म्मान कार्यक्रम सम्पन्न, पारा खेलकूद विकासकालागि पहल गर्ने : राखेप सदस्य कुँवर

राष्ट्रिय खेलकुद परिषद् सदस्य एकेन्द्र बहादुर कुँवरले अपाङ्गता भएका व्यक्तिले खेल्ने पारा खेलकूद विकासकालागि पहल गर्ने बताउनु भएको छ । शुक्रबार कञ्चनपुरको कर्भडहलमा नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशले उनकाे सम्मानमा गरेकाे ‘स्वागत तथा सम्मान’ कार्यक्रममा  नव नियुक्त सदस्य कुँवरले यस्ताे बताउनु भएको हो।

उहाँले परिषदको पहिलो बैठकबाटै अपाङ्गताको खेलकुद विकासका लागि निर्णय गर्ने बचन दिदै प्रदेशको समाजिक विकास मन्त्रालयमा समेत पहल गरिने बताए । पारा खेलकूदले देशकाे नाम र शान बढाइरहेकाे स्मरण गर्दै उहाँले भन्नुभयो  ‘म विशुद्ध खेलकुदको विकासका लागि काम गर्छु, यसमा ‘सबै क्षेत्रलाई समेटेर अघि बढ्नेछु।’

नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश सदस्य जिवन भट्टले स्वागत मन्तव्य राख्दै अपाङ्गता क्षेत्रको विकासका लागि खेलकुद समाग्री र भौतिक संरचनामा दिनुभयो भने नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दिर्घ कुमार स्वाँरले सुदूरपश्चिम प्रदेशमा भएका खेल संरचना पनि अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका भएका व्यक्तिलाई खेलकुद क्षेत्रको विकासमा बाधा पुगेको बताउनु भएको  थियो। उहाँले राज्यको सौतेली व्यवहारका कारण क्षमता हुँदाहुँदै पनि अपाङ्गता भएका व्यक्ति खेलबाट बञ्चित भएको गुनासो पोख्नुभयो ।

धन बहादुर महताले सञ्चालन गरेकाे उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद राखेप बोर्ड सदस्य  एकेन्द्र बहादुर कुँवर हुनुहुन्थ्यो, भने बिशिस्ट अतिथि जिल्ला खेलकुद बिकास समिति कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्ट र ओलम्पियन डम्बर भट्ट हुनुहुन्थ्यो । अतिथिमा जीवन गौतम,भलिबल प्रशिक्षक जगदीश भट्ट र उपेन्द्र कुँवर रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वाँरले गर्नु भएको थियो । सो कार्यक्रम मा नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका सदस्य सहितका पदाधिकारीहरूको पनि सहभागीता रहेको थियो । 

प्रतिक्रिया