Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

तीन वर्षमा सुदूरपश्चिममा ८८५ दुर्घटना : ५९४ जनाले ज्यान गुमाए, ९५९ गम्भीर घाइते

तीन वर्षमा सुदूरपश्चिममा ८८५ दुर्घटना : ५९४ जनाले ज्यान गुमाए, ९५९ गम्भीर घाइते

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक सय ७५ सवारी दुर्घटना भएका छन् । जसमा ६२ जनाले ज्यान गुमाएका छन् । 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर मोहनबहादुर साउदका अनुसार आव ०७६÷७७ भएका दुई सय ८५ दुर्घटनामा एक सय ४३ जनाको ज्यान गएको छ भने दुई सय ५४ गम्भीर घाइते भएका छन् । त्यस्तै, आव ०७५/७६ मा दुई सय ३४ दुर्घटना भएका छन् । जसमा दुई सय २३ जनाको मृत्यु भएको छ भने एक सय ८७ गम्भीर घाइते भएका थिए । आव ०७४/७५ प्रदेशभर भएका एक सय ६४ दुर्घटनामा एक सय ६६ को ज्यान जानुका साथै एक सय ३३ गम्भीर घाइते भएका थिए । 

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने, यान्त्रिक गडबडी, सडकको दुरावस्थालगायत कारणले पहाडी जिल्लामा बढी दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले बताए । ‘पहाडी जिल्लामा सडक साँघुरा छन् । कतिपय ठाउँमा एक लेनको सडक छ । विपरीत दिशाबाट आइरहेका दुई गाडीको मोडहरूमा जम्काभेट हुँदा पनि दुर्घटना हुने गरेको पाइन्छ,’ उनले भने ।

बैतडीमा बस दुर्घटना हुँदा ९ को मृत्यु, ३४ घाइते

दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको पवनदूत यातायातको बस बिहीबार राति बैतडीको खोडपे बजारनजिकै दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । ३४ घाइते भएका छन् । 

राति करिब साढे दश बजे ना.५ख ५१४१ नम्बरको बस खोडपे बजार पुग्नुभन्दा एक किलोमिटर वरै पाटन नगरपालिका– ८ मा सडकबाट तल खसेको थियो । आठ यात्रुको घटनास्थलमै र एकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा बैतडीका तीन तथा दार्चुला, कैलाली र कञ्चनपुरका दुई–दुईजना रहेका छन् । 

बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका– ६ का रणबहादुर चन्द, कविन्द्र जोशी र करनसिंह ऐडी रहेका छन् । चन्द नेपाल प्रहरी र जोशी दोगडाकेदार गाउँपालिकाका कर्मचारी हुन् । त्यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका– ५ डाँडाकोटका जगन्नाथ ओझा र लेकम गाउँपालिका खरकडाका तर्कराज गिरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की कृतिका कार्की र वडा नम्बर १० की विजनादेवी धामी तथा कैलालीको धनगढी उपमहानगरपालिका– १४ आदर्शटोलका ऋषिराम चौधरी र सोही वडाको फूलबारी घर भएका नरेन्द्र चौधरीको पनि दुर्घटनामा मृत्यु भएको छ । 

घाइते हुनेमा कञ्चनपुर घर भएका १०, बैतडीका आठ, दार्चुला र कैलालीका ६–६, काठमाडौंका तीन र अछामका एकजना रहेका छन् । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ, बाँकीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए ।

चालकले मोडमा बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । चालक घाइते भएर उपचाररत रहेकाले दुर्घटना हुनुको विस्तृत कारण अझै थाहा नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी सिगास गाउँपालिका–२ की जानकी सिंहका अनुसार दार्चुलाको गन्नाबाट दिउँसो १२ बजे हिँडेको बस पाटनबाट उकालो लाग्दा नै वेलावेला झ्याप्पझ्याप्प रोकिएजस्तो भइरहेको थियो । ‘पाटनबाट उकालो चढ्दा नै बस वेलावेला रोकिएजस्तो भइरहेको थियो, खोडपे पुग्नै लाग्दा खोडपे १ किलोमिटर लेखिएको माइल स्टोनलाई ठोक्दै बस सडकबाट तल खस्यो । हावामा उडेजस्तो भयो,’ उनले भनिन्, ‘गाडी तल बजारिएपछि सबैको रुवावासी सुरु भयो, म गाडीबाट कसरी बाहिर निस्के थाहै छैन ।’

दुर्घटनाको लगत्तै खोडपे बजारका स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेको जानकीले बताइन् । ‘बचाउ बचाउको आवाजसँगै छोरी रोएको पनि सुनेपछि बाँच्यौँ भन्ने महसुस भयो । त्यसपछि छोरीलाई काखमा च्यापेर बसेकी थिएँ, केहीबेरमा बजारका मान्छे र प्रहरी आएर उद्धार गरे,’ जानकीले भनिन् । उनीसँग दुई वर्षकी छोरी पनि थिइन् । जानकीको पाखुरामा र छोरीको टाउकोमा सामान्य चोट लागेको छ । 

प्रतिक्रिया