Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

धनगढीको चौराहामा चौलानीको पहिलो शाखा 'मिनी मार्ट' सञ्चालनमा

धनगढीको चौराहामा चौलानीको पहिलो शाखा 'मिनी मार्ट' सञ्चालनमा

चौलानी ग्रुपअफ कम्पनीजले धनगढीमा पहिलो शाखा मिनी मार्ट सञ्चालनामा ल्याएको छ । चौराहा क्षेत्रका ग्राहकहरुको सुविधा र सहजताका लागि करिब एक करोडको लागतमा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको हो । शनिबार धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले सो शाखाको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका वडले धनगढीबासीको मागलाई पुरा गर्न चौलौनी ग्रुपले अझै यसमा सहयोग गर्ने र अन्य व्यवसायीले पनि यस किसिमका मागहरु पुरा गर्दै जानु पर्नेमा जोड दिए । उनले उप–महानगरपालिकाले गर्नु पर्ने सहयोग, सर्मथन र आवश्यकताका विषयहरु सजिलो पार्नमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शुरुवात नयाँ सोचको भन्ने नारासहित चार बर्षअघि देखि धनगढीलाई केन्द्र बनाएर स्थापना भएको कम्पनीजले शनिबार देखि चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएर सेवा दिन थालेको कम्पनीजका अध्यक्ष मान सिं साउँदले जानकारी दिए । उनले चौराहा क्षेत्रका ग्राहकहरुको सुविधा र सहजताका लागि करिब एक करोडको लागतमा पहिलो शाखा सञ्चालनमा ल्याएको बताए ।

यस्तै तिहारपछि धनगढीको मोती चोकमा दोस्रो मिनी मार्ट र चौलानी डिर्पाटमेण्टलको स्टोर परिसरभित्र साउना स्टिम, जुम्बा सहितको फिटनेश सेन्टर पनि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीजले जनाएको छ । कम्पनीजले सुदूरपश्चिमा पाँच बर्ष भित्र पाँच सय जनालाई रोजगारी दिने लक्ष्य राखेको छ भने हाल सो कम्पनीजमा एक सय २७ जना कर्मचारी कार्यरत रहेको कम्पनीजका अध्यक्ष साउँद जानकारी दिए ।

प्रतिक्रिया