ताजा अपडेट
धनगढीको चौराहामा चौलानीको पहिलो शाखा 'मिनी मार्ट' सञ्चालनमा
चौलानी ग्रुपअफ कम्पनीजले धनगढीमा पहिलो शाखा मिनी मार्ट सञ्चालनामा ल्याएको छ । चौराहा क्षेत्रका ग्राहकहरुको सुविधा र सहजताका लागि करिब एक करोडको लागतमा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको हो । शनिबार धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले सो शाखाको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका वडले धनगढीबासीको मागलाई पुरा गर्न चौलौनी ग्रुपले अझै यसमा सहयोग गर्ने र अन्य व्यवसायीले पनि यस किसिमका मागहरु पुरा गर्दै जानु पर्नेमा जोड दिए । उनले उप–महानगरपालिकाले गर्नु पर्ने सहयोग, सर्मथन र आवश्यकताका विषयहरु सजिलो पार्नमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शुरुवात नयाँ सोचको भन्ने नारासहित चार बर्षअघि देखि धनगढीलाई केन्द्र बनाएर स्थापना भएको कम्पनीजले शनिबार देखि चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएर सेवा दिन थालेको कम्पनीजका अध्यक्ष मान सिं साउँदले जानकारी दिए । उनले चौराहा क्षेत्रका ग्राहकहरुको सुविधा र सहजताका लागि करिब एक करोडको लागतमा पहिलो शाखा सञ्चालनमा ल्याएको बताए ।
यस्तै तिहारपछि धनगढीको मोती चोकमा दोस्रो मिनी मार्ट र चौलानी डिर्पाटमेण्टलको स्टोर परिसरभित्र साउना स्टिम, जुम्बा सहितको फिटनेश सेन्टर पनि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीजले जनाएको छ । कम्पनीजले सुदूरपश्चिमा पाँच बर्ष भित्र पाँच सय जनालाई रोजगारी दिने लक्ष्य राखेको छ भने हाल सो कम्पनीजमा एक सय २७ जना कर्मचारी कार्यरत रहेको कम्पनीजका अध्यक्ष साउँद जानकारी दिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया