Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब सम्पन्न, देशको शिर उच्च राख्ने खेलाडीलाई उचित सरकारले व्यवस्थापन गर्नुपर्ने

नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब सम्पन्न,  देशको शिर उच्च राख्ने खेलाडीलाई उचित सरकारले व्यवस्थापन गर्नुपर्ने

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापित नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब मनाइएकाे छ। संघकाे स्थापना दिवस तथा नेपालीहरुका तिहार छठ पर्वको अवसरमा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे।

नेपाल बोसिया संघले अपाङ्गता भएका वर्गहरुलाई खेलकुद क्षेत्रमा भावनात्मक र शारीरिक रुपमा सपाङ्गता भएका हरु जस्तै एउटा आफुमा भएको प्रतिभाले बाहिर प्रस्तुत गर्ने क्षमतासमेत हुने भएकाले राष्ट्रियस्तर देखि अन्तर्राष्ट्रियसम्म आफ्नो प्रतिभा लाई प्रस्तुत गरेर नेपालका लागि स्वर्ण पदक समेत दिलाउन सफल भएका छन । यसरी देशको शिर उच्च राख्ने खेलाडीलाई नेपाल सरकारले संरक्षण गरि उनीलाई उचित व्यवस्थापन गर्नुपर्ने सहभागीहरुले आवाज उठाएका छन् ।

खेलकुद क्षेत्रमा मात्र नभएर बौद्धिक क्षमता लगायत भिन्न प्रतिभा लाई समेत बाताबरण अनुकूल प्रस्तुत गर्न सक्छन् । भन्दै नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वारले आज पर्न गएको बोसिया संघ नेपालको १२औं स्थापना दिवसको अवसरमा संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना सहित शुभ दिपावलीको सबै खेल प्रेमी, खेलाडी लगायत सबैमा हार्दिक शुभकामना ब्यक्त गरे।

खेलकुदसंग आबद्ध सम्पुर्ण खेलाडी, प्रशिक्षकलाई तिहार छठको शुभकामना दिदै नेपाल पारा ओलम्पिक कमिटिका अध्यक्ष दिपक काेइरालाले पारा ओलम्पिक कमिटी नेपालमा वि.स २०५२ कार्तिक २९ गते बिधीगत तरिकाले स्थापन भएको र आगामी दिनमा समावेशिकरणको अभियानमा उर्जावान नयाँ पुस्ताको बिस्तार गर्ने बताए । यस अभियानमा सबैको साथ सहयोग रहने उनकाे आशा थियाे ।

राज्यले कुनै किसिमको चासो नदेखिएको त्यसैमा सेवा सुविधा समेत दिन नसकेको र आगामी दिनमा यो कुरालाई गहन तरिकाले मध्यनजर गरि राज्यले हेर्नू पर्ने प्रमुख अतिथी इन्द्रीरा निरौला बताइन् । उनले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद बाट साथ र सहयोग रहने प्रतिबद्धता गर्दै थप प्रगतिको शुभकामना समेत दिइन्।

कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरु का लागि नेपाल बोसिया संघको स्थापन गरिएको र घर भित्रै आफ्नो प्रतिभा लाई लुकाएर बस्नु भएका जो काेहिकालागि हाम्रो संघसंस्था को निरन्तर साथ सहयोग रहने बोसिय संघका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति गोमा देवि पौडेलले बताइन् ।

प्रतिक्रिया