Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब सम्पन्न, देशको शिर उच्च राख्ने खेलाडीलाई उचित सरकारले व्यवस्थापन गर्नुपर्ने

नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब सम्पन्न,  देशको शिर उच्च राख्ने खेलाडीलाई उचित सरकारले व्यवस्थापन गर्नुपर्ने

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापित नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब मनाइएकाे छ। संघकाे स्थापना दिवस तथा नेपालीहरुका तिहार छठ पर्वको अवसरमा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे।

नेपाल बोसिया संघले अपाङ्गता भएका वर्गहरुलाई खेलकुद क्षेत्रमा भावनात्मक र शारीरिक रुपमा सपाङ्गता भएका हरु जस्तै एउटा आफुमा भएको प्रतिभाले बाहिर प्रस्तुत गर्ने क्षमतासमेत हुने भएकाले राष्ट्रियस्तर देखि अन्तर्राष्ट्रियसम्म आफ्नो प्रतिभा लाई प्रस्तुत गरेर नेपालका लागि स्वर्ण पदक समेत दिलाउन सफल भएका छन । यसरी देशको शिर उच्च राख्ने खेलाडीलाई नेपाल सरकारले संरक्षण गरि उनीलाई उचित व्यवस्थापन गर्नुपर्ने सहभागीहरुले आवाज उठाएका छन् ।

खेलकुद क्षेत्रमा मात्र नभएर बौद्धिक क्षमता लगायत भिन्न प्रतिभा लाई समेत बाताबरण अनुकूल प्रस्तुत गर्न सक्छन् । भन्दै नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वारले आज पर्न गएको बोसिया संघ नेपालको १२औं स्थापना दिवसको अवसरमा संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना सहित शुभ दिपावलीको सबै खेल प्रेमी, खेलाडी लगायत सबैमा हार्दिक शुभकामना ब्यक्त गरे।

खेलकुदसंग आबद्ध सम्पुर्ण खेलाडी, प्रशिक्षकलाई तिहार छठको शुभकामना दिदै नेपाल पारा ओलम्पिक कमिटिका अध्यक्ष दिपक काेइरालाले पारा ओलम्पिक कमिटी नेपालमा वि.स २०५२ कार्तिक २९ गते बिधीगत तरिकाले स्थापन भएको र आगामी दिनमा समावेशिकरणको अभियानमा उर्जावान नयाँ पुस्ताको बिस्तार गर्ने बताए । यस अभियानमा सबैको साथ सहयोग रहने उनकाे आशा थियाे ।

राज्यले कुनै किसिमको चासो नदेखिएको त्यसैमा सेवा सुविधा समेत दिन नसकेको र आगामी दिनमा यो कुरालाई गहन तरिकाले मध्यनजर गरि राज्यले हेर्नू पर्ने प्रमुख अतिथी इन्द्रीरा निरौला बताइन् । उनले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद बाट साथ र सहयोग रहने प्रतिबद्धता गर्दै थप प्रगतिको शुभकामना समेत दिइन्।

कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरु का लागि नेपाल बोसिया संघको स्थापन गरिएको र घर भित्रै आफ्नो प्रतिभा लाई लुकाएर बस्नु भएका जो काेहिकालागि हाम्रो संघसंस्था को निरन्तर साथ सहयोग रहने बोसिय संघका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति गोमा देवि पौडेलले बताइन् ।

प्रतिक्रिया