Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गोदावरी नगरपालीका वडा नम्बर ३ मा फलामे तथा काठे पुलको उद्घाटन, पुलले ढकौवा, मुक्तीनगर र कञ्चनपुरको कृष्णपुर-५ पबित्र बस्ती जोड्ने छ ।

गोदावरी नगरपालीका वडा नम्बर ३ मा फलामे तथा काठे पुलको उद्घाटन, पुलले ढकौवा, मुक्तीनगर र कञ्चनपुरको कृष्णपुर-५ पबित्र बस्ती जोड्ने छ ।

कैलालीको मोहना नदी स्थित ढकौवामा निर्माण गरिएको फलामे तथा काठे पुलको आज उद्घाटन गरिएको छ । गोदावरी नगरपालीका वडा नम्बर ३ को ढकौवामा निर्माण गरिएको पुलको एक कार्यक्रमका विच वडा नम्बर ३ का वडाध्यक्ष मोहन बहादुर खत्रीले उद्घाटन गरेका हुन् । उक्त पुलले ढकौवा, मुक्तीनगर र कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नं. ५ पबित्र बस्ती जोड्ने छ ।

२०.५ मिटर लम्बाई भएको पुल करिब ३ लाख १५ हजार लागतमा निर्माण सम्पन्न भएको पुल निर्माण समितीका अध्यक्ष इन्द्र बहादुर बोहराले बताए । पुल निर्माणका लागी जनस्तरबाटै रकम संकलन गरिएको र अपुग रकम वडा कार्यालयले सहयोग गरेको हो । गोदावरी नगरपालिका वडा नं. ३ र १० का युवा क्लब, स्थानिय समाज सेबी बुद्धीजिबीहरुको पहलमा उक्त पुल निर्माण गरिएको हो । पुलबाट साईकल, मोटरसाईकल र अटो सम्मका सवारीसाधनहरु लैजान मिल्ने अध्यक्ष बोहराले बताए । पुल निर्माण समितीका अध्यक्ष इन्द्र बहादुर बोहराको सभापतित्वमा भएको पुल उद्घाटन कार्यक्रममा गोदावरी नगरपालीका वडा नम्बर ३ का वडाध्यक्ष मोहन बहादुर खत्री प्रमुख अतिथी रहेका थिए ।

बिशिष्ठ अतिथीमा वडा नं. ३ का वडा सदस्य रामपती चौधरी वडा नम्बर १० का वडा सदस्य शेर बहादुर तामाङ रहेका थिए भने अतिथीमा समाजसेवी, बुद्धीजिबी उद्योगी, ब्यापारी, संघ संस्थाका प्रनिनिधी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक खडक बोहराको स्वागत मन्तव्य रहेको कार्यक्रममा बहुमूखी कला मन्दिर युवा क्लबका अध्यक्ष राम बहादुर बोगटीले सञ्चालन गरेका थिए । बर्षातको समयमा नदी पारगर्दा समस्या भोग्दै आएका स्थानियहरु अहिले नदीमा फलामे तथा काठे पुल निर्माण भएपछी आवत जावत गर्न सहज हुने भन्दै हर्षित भएका छन् । पुलको अभावमा समस्या झेल्नु परेको थियो अहिले नदीमा फलामे तथा काठे पुल निर्माण संगै सहज हुने स्थानिय बहुमूखी कला मन्दिर युवा क्लबका अध्यक्ष राम बहादुर बोगटीले बताए । “दैनिक हजारौ मानिस तथा सवारी साधनहरु आवत जावत हुने गर्दछन्” उनले भने “बिगतका बर्षहरुमा युवा क्लब तथा स्थानियहरुको सहयोगमा मोटरसाईकल जान सक्ने सानो काठे पुल निर्माण गरेका थियौ, तर २/३ महिना रहे पनी बर्षात मा बगाउने र समस्या उस्तै रहन्थ्योे ।” पुलको अभावमा बैकल्पिक बाटा अपनाउदा समय धेरै लाग्ने र बिभिन्न समस्या झेल्नु परेको उनले बताए । अब भने फलामे तथा काठे पुलको निर्माण संगै ति समस्याहरु केही हद सम्म समाधान हुने बोगटीले बताए ।

सबै स्थानियहरुले आ–आफ्नो क्षेत्रबाट गरेको सहयोगले पुल निर्माण भएको बताईएको छ । समाजिक कार्यमा समाजका सबै मानिसहरु एक जुट भए सामाजका अन्य कार्यपनि सजिलै गर्न सकिने छन् । तर चुनावको बेला बिभिन्न ठाउमा जनताहरुलाई आवश्यक पर्ने पुलका लागी मुख्य एजेन्डा बनाएका नेताहरुले अझै पनि कुनै पहल नगरेको स्थानियहरुको गुनासो छ ।     

प्रतिक्रिया