Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, प्रशासन मुग्दर्शक

धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, प्रशासन मुग्दर्शक

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पेट्रोलिय पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । तिहारको अवधिमा धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको हो ।

आइतबार धनगढीको चटकपुरस्थित हरि आयल इनपेक्समा पुग्दा मोटरसाइलमा पेट्रोल हाल्नेहरुको लामो लाइन थियो । सोही लाईनमा भेटिए धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का भक्तराज जोशी । उनले धनगढीका अन्य पेट्रोप पम्म बन्द भएपछि यता पाइन्छ कि भनेर लाइनमा बसेको बाध्यता सुनाए ।

तिहारको समयमा आवातजावत बढी हुने हुँदा पेट्रोलियम पदार्थको आपुर्ति सहज गर्नु पर्ने आमउपभोक्ताको भनाइ छ । तर धनगढी बजारमा आधा दर्जन बढी पेट्रोल पम्पहरु रहे पनि आमसर्वसाधारण पेट्रोलको लागि सास्ती खेप्न बाध्य भएका छन् ।

धनगढीका स्थानीय जगत शाहले पम्प सञ्चालनकहरुले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको आरोप लगाए । तर धनगढीका अधिकाशं पेट्रोल पम्प सञ्चालकहरुले भने शनिबार आयात नभएका कारण बिक्री वितरणमा समस्या भएको दाबी गरेका छन् । 

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख जीतरञ्जन दासले तिहारमा पेट्रोलियम पर्दाथको अभाव हुन नदिन आपुर्तिलाई थप व्यवस्थापन गरेको जिकिर गरेका छन् । 

पेट्रोलियम पदार्थको मौज्दात भए पम्पहरुले कृत्रिम अभाव सिर्जना गरेपछि आमउपभोक्ताहरु बाध्य भएर महंगो मूल्यमा बोतलमा भरेर बेच्न राखिएको पेट्रोल खरिद गर्न बाध्य भएका छन् । तर स्थानीय प्रशासन भने यसतर्फ बेखबर रहेको पा्इएको छ ।

प्रतिक्रिया