Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, प्रशासन मुग्दर्शक

धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, प्रशासन मुग्दर्शक

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पेट्रोलिय पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । तिहारको अवधिमा धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको हो ।

आइतबार धनगढीको चटकपुरस्थित हरि आयल इनपेक्समा पुग्दा मोटरसाइलमा पेट्रोल हाल्नेहरुको लामो लाइन थियो । सोही लाईनमा भेटिए धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का भक्तराज जोशी । उनले धनगढीका अन्य पेट्रोप पम्म बन्द भएपछि यता पाइन्छ कि भनेर लाइनमा बसेको बाध्यता सुनाए ।

तिहारको समयमा आवातजावत बढी हुने हुँदा पेट्रोलियम पदार्थको आपुर्ति सहज गर्नु पर्ने आमउपभोक्ताको भनाइ छ । तर धनगढी बजारमा आधा दर्जन बढी पेट्रोल पम्पहरु रहे पनि आमसर्वसाधारण पेट्रोलको लागि सास्ती खेप्न बाध्य भएका छन् ।

धनगढीका स्थानीय जगत शाहले पम्प सञ्चालनकहरुले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको आरोप लगाए । तर धनगढीका अधिकाशं पेट्रोल पम्प सञ्चालकहरुले भने शनिबार आयात नभएका कारण बिक्री वितरणमा समस्या भएको दाबी गरेका छन् । 

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख जीतरञ्जन दासले तिहारमा पेट्रोलियम पर्दाथको अभाव हुन नदिन आपुर्तिलाई थप व्यवस्थापन गरेको जिकिर गरेका छन् । 

पेट्रोलियम पदार्थको मौज्दात भए पम्पहरुले कृत्रिम अभाव सिर्जना गरेपछि आमउपभोक्ताहरु बाध्य भएर महंगो मूल्यमा बोतलमा भरेर बेच्न राखिएको पेट्रोल खरिद गर्न बाध्य भएका छन् । तर स्थानीय प्रशासन भने यसतर्फ बेखबर रहेको पा्इएको छ ।

प्रतिक्रिया