Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेकपा विवादले सत्ता समिकरण फेरबदल : ओलीलाई कांग्रेसको साथ !

नेकपा विवादले सत्ता समिकरण फेरबदल : ओलीलाई कांग्रेसको साथ !

परिस्थिति एकाएक परिवर्तन भएन भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद अब बहुमतीय प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कमिटीहरुमा मात्र होइन, संसदीय दलमा समेत अल्पमतमा देखिन्छन् । तर त्योभन्दा अघि पुष्पकमल दाहाल र ओली पक्षधरबीच आफू बलियो बन्ने रणनीतिमा केन्द्रित हुँदा विवाद कु दिशातर्फ अघि बढ्छ, यसै भन्न सकिने अवस्था छैन ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले भिन्दै राजनीतिक प्रस्ताव अगाडि सारेपछि प्रधानमन्त्री ओली र उनको समूहले प्रस्ताव फिर्ता नलिएसम्म बैठकै नबस्ने चेतावनी दिएको छ । तर दाहाल समुह प्रस्ताव फिर्ता लिने पक्षमा छैन । बरु मंसिर ३ गतेको सचिवालय बैठकअघि नै ओलीलाई अल्पमतमा पार्नका लागि संसदीय दलको बैठक राख्नेसम्मको चर्चा छ । दाहाल समुहले संसदीय दलको बैठक बोलाएर ओलीलाई अल्पमतमा पार्ने चलखेल अहिले नै सुरु भइसकेको कतिपयको अनुमान छ ।

यसबीचमा ओलीले कम्तिमा पनि उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सके संसदीय दलमा आफू अल्पमतमा नपर्ने भएकाले सोहीअनुसार रणनीति अघि बढाएका छन् । आइतबार मात्रै ओलीले गौतम र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आफूलाई साथ दिन आग्रह गरेका थिए । तर दुवै नेताले ओलीलाई सच्चिन सुझाब दिदै आफूहरु अहिले साथ दिन नसक्ने जवाफ दिएका थिए । यस्तो अवस्थामा अब नेकपा फुट्ने हो कि भन्ने मत बलियो बनेको छ । नेकपा फुट्यो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई साथ दिन्छ वा पुष्पकमल दाहाल पक्षलाई साथ दिन्छ भन्ने चासो बढेको छ ।

तर ओली पक्षका नेताहरुले कांग्रेसले ओलीलाई नै साथ दिएर प्रधानमन्त्री पद जोगाउने दावी गरेका छन् । ओली निकट नेता दयालबहादुर शाहीले दाहाल र माधवकुमार नेपाल सच्चिएनन् भने नेकपा एमाले जन्मिने जिकिर गरेका छन् । ओली कांग्रेससँग मिलेर सरकार संचालन गर्ने उनको दावी छ ।

एक सय ७४ सांसद रहेको सत्तारुढ दलमा दाहाल समूहसँग सभामुखबाहेक ५० भन्दा धेरै र माधव–झलनाथसँग ४० भन्दा धेरैको संख्या छ । यी दुबै समूहसँग जम्मा सांसदको संख्या ९० जनाभन्दा धेरै हुन्छ । बाँकी करिब ८० जनाको हाराहारीमा प्रधानमन्त्री ओली पक्षधर रहन्छन् ।

यो अवस्थामा संसदीय दलमा बहुमत पुर्याउन ओलीलाई करिब १० जना सांसदको समर्थन चाहिने देखिन्छ । सचिवालयको अर्को बैठक मंसिर ३ मा बोलाइएको छ । त्यसअगाडि दुवै पक्ष आ–आफ्नो रणनीति निर्माणमा जुटेका छन् । सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाटसमेत बहुमतका आधारमा भए पनि प्रस्ताव पास गर्ने रणनीतिमा दाहाल–नेपाल समूह जुटेपछि विवाद अंकगणिततर्फ जाने सम्भावना बढेको छ ।

उता दाहाल–नेपाल समूहको रणनीति असफल पार्न प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीसहित निकट नेताहरुसँग लगातार परामर्शमा छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ