ताजा अपडेट
डडेल्धुराका युवाले शुरु गरे कंक्रिट उद्योग
डडेल्धुरामा पहिलो पटक कंक्रिट उद्योग खुलेको छ ।
ईन्जिनियरिङ अध्ययनका बिद्यार्थी टेक बहादुर बिष्टले आफ्नै लगानीमा अमरगढी नगरपालिकाको कीर्तिपुरमा ईंट्टा फेबरबल्क, र सिएसईबि क्रंक्रिट उत्पादन शुरु गरेका हुन । बेताल क्रंक्रिट उद्योगका बालुवा गिट्टि, चालेको माटो मिश्रण गरेर कम्प्रेसिभ स्टेबिलाईज अर्थ ब्रिकको रुपमा उत्पादन शुरु गरिएको हो ।
उद्योगमा १० जना स्थानीय युवाले रोजगार समेत पाएका छन । नयाँ प्रबिधिको नर्मल तथा ईन्टरलक सिमेन्ट जोडाई रहेको बेताल क्रंक्रिट आफ्नो घर छेउमै सस्तो र गुणस्तरिय उत्पादन पाउन थाले पछि स्थानीयले ईंटाको सट्टा बेताल क्रंक्रिट प्रयोग गरेर घर निर्माण गर्न थालेका छन ।
रातो ईंटाको घर निर्माण खर्च भन्दा मितव्ययि र कम मसला लाग्ने भएकाले स्थानीय पनि क्रंक्रिटतिर आकर्षित भएका छन् ।
यहिको उत्पादनबाट ३० प्रतिशत सस्तो मूल्यमा घर संरचना निर्माण हुने बताइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया