Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आगलागीमा बिते दाजु, भाइटीका लगाउन आएकी बहिनी बच्चासहित भागेर बाचिन्

आगलागीमा बिते दाजु, भाइटीका लगाउन आएकी बहिनी बच्चासहित भागेर बाचिन्

काठमाडौंको कपनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

सोमबार राति साढे १२ बजे कपनको वालुवाखानीस्थित घरमा आगलागी हुँदा नुवाकोटको शिवपूरी गाउँपालिका–५ घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय कृष्णबहादुर तामाङको ज्यान गएको हो।

बहिनी र भान्जासँगै एउटै कोठामा सुतेकोमा बहिनी भान्जा लिएर भाग्न सफल भए पनि कृष्णबहादुरको भने भित्रै ज्यान गएको स्वयम्भू बृत्तका डीएसपी नवीन कार्कीले बताए। १६ वर्षीय छोरा अर्कै कोठामा भएकाले उनलाई भने केही भएन।

ढोकानजिकै आगो देखेपछि बुबालाई बचाउन उनी भित्र जान खोजे पनि आगोको राप र धुवाँले उनी जान सकेनन्। ३५ वर्षीया बहिनी विपना तामाङ भाइटिका लगाउनका लागि दाजुकोमा आएकी थिइन्। ११ महिनाको छोरो च्यापेर उनी भने भाग्न सफल भइन्। आगोले भेट्दा उनी घाइते भएको डीएसपी कार्कीले बताए।

विपनाका अनुसार आगो लागिसकेपछि ढोका खोल्न गएका दाजु त्यहीँ ढलेका थिए। त्यसपछि विपना छोरो च्यापेर भागिन्। कोठामा एक ग्यालिन मट्टितेल पनि भएकाले धेरै क्षति भएको प्रहरीको भनाई छ। तामाङ परिवार होटल सञ्चालन गर्छन्। स्टोभ चलाउनका लागि राखेको मट्टितेलका कारण ठूलो क्षति भएको हो।

कृष्णबहादुर पहिले नै घाइते थिए। परिवारका अनुसार पहिले लडेर उनको खुट्टा राम्रोसँग टेक्न हुँदैनथ्यो। यस्तै उनी कान पनि राम्रोसँग सुन्न सक्दैनथे।

आगलागी कसरी सुरु भयो भन्ने कारण भने खुल्न सकेको छैन। चारतले पक्की घरको पहिलोतलामा उनीहरु डेरा लिएर बसेका थिए। कृष्णबहादुरकी श्रीमती भने माइती नुवाकोट गएकी छन्।

प्रतिक्रिया