Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आगलागीमा बिते दाजु, भाइटीका लगाउन आएकी बहिनी बच्चासहित भागेर बाचिन्

आगलागीमा बिते दाजु, भाइटीका लगाउन आएकी बहिनी बच्चासहित भागेर बाचिन्

काठमाडौंको कपनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

सोमबार राति साढे १२ बजे कपनको वालुवाखानीस्थित घरमा आगलागी हुँदा नुवाकोटको शिवपूरी गाउँपालिका–५ घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय कृष्णबहादुर तामाङको ज्यान गएको हो।

बहिनी र भान्जासँगै एउटै कोठामा सुतेकोमा बहिनी भान्जा लिएर भाग्न सफल भए पनि कृष्णबहादुरको भने भित्रै ज्यान गएको स्वयम्भू बृत्तका डीएसपी नवीन कार्कीले बताए। १६ वर्षीय छोरा अर्कै कोठामा भएकाले उनलाई भने केही भएन।

ढोकानजिकै आगो देखेपछि बुबालाई बचाउन उनी भित्र जान खोजे पनि आगोको राप र धुवाँले उनी जान सकेनन्। ३५ वर्षीया बहिनी विपना तामाङ भाइटिका लगाउनका लागि दाजुकोमा आएकी थिइन्। ११ महिनाको छोरो च्यापेर उनी भने भाग्न सफल भइन्। आगोले भेट्दा उनी घाइते भएको डीएसपी कार्कीले बताए।

विपनाका अनुसार आगो लागिसकेपछि ढोका खोल्न गएका दाजु त्यहीँ ढलेका थिए। त्यसपछि विपना छोरो च्यापेर भागिन्। कोठामा एक ग्यालिन मट्टितेल पनि भएकाले धेरै क्षति भएको प्रहरीको भनाई छ। तामाङ परिवार होटल सञ्चालन गर्छन्। स्टोभ चलाउनका लागि राखेको मट्टितेलका कारण ठूलो क्षति भएको हो।

कृष्णबहादुर पहिले नै घाइते थिए। परिवारका अनुसार पहिले लडेर उनको खुट्टा राम्रोसँग टेक्न हुँदैनथ्यो। यस्तै उनी कान पनि राम्रोसँग सुन्न सक्दैनथे।

आगलागी कसरी सुरु भयो भन्ने कारण भने खुल्न सकेको छैन। चारतले पक्की घरको पहिलोतलामा उनीहरु डेरा लिएर बसेका थिए। कृष्णबहादुरकी श्रीमती भने माइती नुवाकोट गएकी छन्।

प्रतिक्रिया