ताजा अपडेट
डडेल्धुरामा भाइटीका लगाएर आएकी श्रीमतीको श्रीमानद्वारा हत्या
डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।
अत्यधिक मदिरा सेवन गरेर उनले हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार माइतबाट दाजुभाईलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा श्रीमानले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
कुटपिटका क्रममा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरेको उनले बताए ।
शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया