ताजा अपडेट
कोरोना उत्पत्तिबारे नयाँ खुलासा : चीनमा देखिनुभन्दा ३ महिनाअघि नै इटलीमा
कोरोना भाइरसको सुरुवातबारे एउटा नयाँ तथ्य सार्वजनिक भएको छ। विश्वमा सबैभन्दा पहिले सन् २०१९ डिसेम्बर अन्त्यतिर चीनको उहानमा देखिएको भनिएको कोरोना भाइरसको संक्रमण त्यसभन्दा झन्डै ३ महिनअघि सेप्टेम्बरमै इटलीमा सुरु भइसकको प्रमाण फेला परेको वैज्ञानिकले दाबी गरेका हुन्।
उनीहरूको दाबी छ– ‘चीनको उहानमा संक्रमण देखिनुभन्दा केही महिनाअघि नै इटलीभरि यसको संक्रमण फैलिएको तथ्य फेला परेको हो।’
टुमोरी जर्नलमा गत हप्ता प्रकाशित अध्ययन प्रतिवेदनमा मिलानस्थित नेसनल क्यान्सर संस्थानका जीवन वैज्ञानिक डा. गब्रिएला सोजीको नेतृत्वमा रहेको टोलीले भनेको छ : ‘यो अप्रत्याशित तथ्यले कोरोना महामारीको इतिहासलाई नयाँ रूप दिन सक्छ।’
शोधकर्ताले इटलीका मानिसमा फोक्सोको क्यान्सर स्क्रिनिङदेखि रगतको नमुना जाँचसम्म गरेका थिए। त्यस क्रममा विशिष्ट किसिमको एन्टिबडी देखिएको हो। यसबाट चीनको उहानमा गत डिसेम्बरमा कोरोना संक्रमण देखिनुभन्दा पहिले इटलीमा मानिसलाई संक्रमण गरिसकेको भन्ने पुष्टि भएको अनुसन्धानकर्ताको दाबी छ।
उसो त कोरोनाको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनको टोलीले पनि छुट्टै अध्ययन गरिरहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया