Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेकपा विवादः मंगलबार यस्तो रह्यो चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता

नेकपा विवादः मंगलबार यस्तो रह्यो चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता

तिहारको भोलिपल्ट अर्थात् मंगलबार । अघिल्ला वर्षहरुमा नेताहरुको निवासमा देउसी भैलो चलिरहेको हुन्थ्यो । यसपटक भने नेकपा विवाद र कोरोना संकटले नेताहरुको निवासको गतिविधि नितान्त फरक रह्यो ।

बुधबारका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठकको अघिल्लो दिन । हिजो राजधानीमा सबै शक्ति केन्द्रहरुको दौडधुप चर्कै रह्यो । नेकपाका अध्यक्षद्वय केपी शर्मा र प्रचण्ड हुँदै चिनियाँ राजदूतदेखि राष्ट्रपति विद्या भण्डारीसम्म दौडधूप र भेटघाटमा व्यस्त रहे ।

प्राप्त जानकारीअनुसार मंगलबार भएका प्रमुख भेटवार्ताहरु यसप्रकार छन्-

-प्रचण्ड निवासमा मंगलबार बिहान ।

भेटघाटमा सहभागीहरु- प्रचण्ड र विष्णु पौडेल ।

-प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहान ११ बजेदेखि अपरान्ह ४ः२० सम्म ।
सहभागी नेताहरु- केपी शर्मा ओली, सुवास नेम्वाङ, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, शेरधन राईलगायत ।

-बुद्धनगरस्थित अस्मिता अजेय कुटी निवासमा ११ः१० देखि १२ः२० सम्म ।
सहभागीहरु- अजय सुमार्गी र प्रचण्ड ।

– नेपाल निवास कोटेश्वरमा ११ः५० देखि १३ः४५ सम्म ।
सहभागी नेताहरु- माधव नेपाल र पम्फा भुसाल ।

-भैंसेपाटीस्थित गौतम निवासमा १ः५५ बजेदेखि २ः३० सम्म ।
भेटघाटमा सहभागीहरु- वामदेव गौतम र घनश्याम भुसाल ।

-नेपाल निवास कोटेश्वरमा २ः२० देखि ३ः३० सम्म ।
सहभागी नेताहरु- माधव नेपाल र अष्टलक्ष्मी शाक्य ।

-प्रचण्ड निवास खुमलटारमा १५ः४० देखि १६ः५५ सम्म ।
सहभागी नेताहरु- प्रचण्ड, माधव नेपाल र वामदेव गौतम ।

-मंगलबार दिउँसो ।
भेटघाटमा सहभागी नेताहरु- विष्णु पौडेल र घनश्याम भुसाल ।

-गौतम निवास भैंसेपाटीमा ५ः१० देखि ५ः३५ सम्म ।
सहभागी नेताहरु- वामदेव गौतम र विष्णु पौडेल ।

-बालुवाटारमा राति ८ः१० मिनेटपछि झण्डै २ घण्टासम्म ।
भेटघाटमा सहभागीहरु- प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हौ यान्छी ।

-सभामुख निवास ५ः२८ देखि ५ः५५ सम्म ।
सहभागीहरु- सभामुख अग्नि सापकोटा र प्रचण्ड ।

-राष्ट्रपति निवास शितलनिवासमा ६ः०० बजेदेखि ७ः३५ सम्म ।
भेटघाटमा सहभागीहरु- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्ड ।

-नेपाल निवास कोटेश्वरमा ६ः०० देखि ७ः२५ बजेसम्म ।
भेटघाटमा सहभागीहरु- माधव नेपाल, योगेश भट्टराई, घनश्याम भुसा ।

-मंगलबार राति शितलनिवासमा ।
प्रधानमन्त्री ओली चिनियाँ राजदूतलाई भेटेपछि राष्ट्रपति भेट्न शितलनिवास प्रस्थान ।

प्रतिक्रिया