Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेकपा विवादः मंगलबार यस्तो रह्यो चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता

नेकपा विवादः मंगलबार यस्तो रह्यो चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता

तिहारको भोलिपल्ट अर्थात् मंगलबार । अघिल्ला वर्षहरुमा नेताहरुको निवासमा देउसी भैलो चलिरहेको हुन्थ्यो । यसपटक भने नेकपा विवाद र कोरोना संकटले नेताहरुको निवासको गतिविधि नितान्त फरक रह्यो ।

बुधबारका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठकको अघिल्लो दिन । हिजो राजधानीमा सबै शक्ति केन्द्रहरुको दौडधुप चर्कै रह्यो । नेकपाका अध्यक्षद्वय केपी शर्मा र प्रचण्ड हुँदै चिनियाँ राजदूतदेखि राष्ट्रपति विद्या भण्डारीसम्म दौडधूप र भेटघाटमा व्यस्त रहे ।

प्राप्त जानकारीअनुसार मंगलबार भएका प्रमुख भेटवार्ताहरु यसप्रकार छन्-

-प्रचण्ड निवासमा मंगलबार बिहान ।

भेटघाटमा सहभागीहरु- प्रचण्ड र विष्णु पौडेल ।

-प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहान ११ बजेदेखि अपरान्ह ४ः२० सम्म ।
सहभागी नेताहरु- केपी शर्मा ओली, सुवास नेम्वाङ, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, शेरधन राईलगायत ।

-बुद्धनगरस्थित अस्मिता अजेय कुटी निवासमा ११ः१० देखि १२ः२० सम्म ।
सहभागीहरु- अजय सुमार्गी र प्रचण्ड ।

– नेपाल निवास कोटेश्वरमा ११ः५० देखि १३ः४५ सम्म ।
सहभागी नेताहरु- माधव नेपाल र पम्फा भुसाल ।

-भैंसेपाटीस्थित गौतम निवासमा १ः५५ बजेदेखि २ः३० सम्म ।
भेटघाटमा सहभागीहरु- वामदेव गौतम र घनश्याम भुसाल ।

-नेपाल निवास कोटेश्वरमा २ः२० देखि ३ः३० सम्म ।
सहभागी नेताहरु- माधव नेपाल र अष्टलक्ष्मी शाक्य ।

-प्रचण्ड निवास खुमलटारमा १५ः४० देखि १६ः५५ सम्म ।
सहभागी नेताहरु- प्रचण्ड, माधव नेपाल र वामदेव गौतम ।

-मंगलबार दिउँसो ।
भेटघाटमा सहभागी नेताहरु- विष्णु पौडेल र घनश्याम भुसाल ।

-गौतम निवास भैंसेपाटीमा ५ः१० देखि ५ः३५ सम्म ।
सहभागी नेताहरु- वामदेव गौतम र विष्णु पौडेल ।

-बालुवाटारमा राति ८ः१० मिनेटपछि झण्डै २ घण्टासम्म ।
भेटघाटमा सहभागीहरु- प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हौ यान्छी ।

-सभामुख निवास ५ः२८ देखि ५ः५५ सम्म ।
सहभागीहरु- सभामुख अग्नि सापकोटा र प्रचण्ड ।

-राष्ट्रपति निवास शितलनिवासमा ६ः०० बजेदेखि ७ः३५ सम्म ।
भेटघाटमा सहभागीहरु- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्ड ।

-नेपाल निवास कोटेश्वरमा ६ः०० देखि ७ः२५ बजेसम्म ।
भेटघाटमा सहभागीहरु- माधव नेपाल, योगेश भट्टराई, घनश्याम भुसा ।

-मंगलबार राति शितलनिवासमा ।
प्रधानमन्त्री ओली चिनियाँ राजदूतलाई भेटेपछि राष्ट्रपति भेट्न शितलनिवास प्रस्थान ।

प्रतिक्रिया