ताजा अपडेट
फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने
कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ ।
क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो ।
यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो ।
फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया