Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कांग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

कांग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

कोरोना भाइरस (कोभिड- १९)बाट संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । श्वासप्रश्‍वासमा समस्या देखिएपछि उनलाई सुरुमा वीर अस्पताल भर्ना गरिएको थियो । कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियो भने अवस्था बिग्रिन लागेको थियो । त्यसपछि उनलाई कात्तिक १२ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । जहाँ उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

विश्वकर्मालाई थप उपचारका लागि विदेश लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको थियो । तर, कोरोना संक्रमित भएको र भेन्टिलेटरमा राखेर उपचार गराइरहेको भन्दै नेपालमा नै उपचार भइरहेको हो । उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

मन्त्रिपरिषद्ले सांसद विश्वकर्माको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ थियो । 'उहाँको उपचार भइरहेको छ । यसबारे पहिला नै जानकारी दिइएको थियो तर आजको मन्त्रिपरिषद्को बैठकले औपचारिक रूपमा कांग्रेस सांसद विश्वकर्माको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो,' ती मन्त्रीले भने ।

यसका साथै केही बढुवा र नियमित एजेन्डामा छलफल तथा निर्णय भएको ती मन्त्रीले बताए ।

प्रतिक्रिया