Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कांग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

कांग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

कोरोना भाइरस (कोभिड- १९)बाट संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । श्वासप्रश्‍वासमा समस्या देखिएपछि उनलाई सुरुमा वीर अस्पताल भर्ना गरिएको थियो । कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियो भने अवस्था बिग्रिन लागेको थियो । त्यसपछि उनलाई कात्तिक १२ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । जहाँ उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

विश्वकर्मालाई थप उपचारका लागि विदेश लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको थियो । तर, कोरोना संक्रमित भएको र भेन्टिलेटरमा राखेर उपचार गराइरहेको भन्दै नेपालमा नै उपचार भइरहेको हो । उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

मन्त्रिपरिषद्ले सांसद विश्वकर्माको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ थियो । 'उहाँको उपचार भइरहेको छ । यसबारे पहिला नै जानकारी दिइएको थियो तर आजको मन्त्रिपरिषद्को बैठकले औपचारिक रूपमा कांग्रेस सांसद विश्वकर्माको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो,' ती मन्त्रीले भने ।

यसका साथै केही बढुवा र नियमित एजेन्डामा छलफल तथा निर्णय भएको ती मन्त्रीले बताए ।

प्रतिक्रिया