Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटको सहारा लिन्छन् । तर दिनको सुरुवातमा तपाईंले के खाइरहनुभएको छ, त्यसमा पनि तौल बढ्ने नबढ्ने कुरा निर्भर हुन्छ । 

केही खानेकुरा खाली पेटमा खाँदा तपाईंलाई जलन र एसिडिटीको समस्या  हुनसक्छ । साथै, तपाईंको तौल कम गर्ने सपना पनि टुट्न सक्छ । आउनुहोस्, आज त्यस्ता खानेकुराबारे जानकारी लिऔं जुन खालीपेटमा कहिले पनि खानु हुँदैन ।

अमिलो फलफूलः

अमिलो फलफूल खाली पेटमा कहिले पनि खानुहुँदैन । यसो गर्दा शरीरमा अत्यधिक मात्रामा एसिड बन्न थाल्छ । फलमा फाइबर भरपुर मात्रामा हुन्छ त्यसैले यो खाली पेटमा खाँदा अतिरिक्त भार पर्नसक्छ । यसको साटो दिनको सुरुवात किशमिश वा भिजाएको बदाम खाएर गर्नुपर्छ ।

सफ्ट ड्रिङ्कः

सोडा वा कुनै पनि सफ्ट ड्रिङ्क खाली पेट खानुहुँदैन । हुन त यी पेय पदार्थ स्वास्थ्यका लागि कहिले पनि सही होइनन् तर खाली पेटमा यो खाँदा यसको क्षती अझै बढी हुन्छ । 

खाली पेटमा यस्ता पेय पदार्थ पिउँदा ग्यासको समस्या हुन्छ । साथै यसले मोटोपना पनि बढाउँछ । यसको साटो खाली पेटमा कागती पानी पिउँदा तपाईंको तौल पनि घट्छ र स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पर्छ । 

मसालेदार खानाः

बिहान खाली पेटमा मसालेदार खाना खाँदा तपाईंको पेट पोल्न सक्छ । मसालेदार खाना खाँदा पेटमा एसिडिटी पनि बन्न थाल्छ ।  बिहानको खाना (ब्रेकफास्ट) सधैं हल्का र सादा हुनुपर्छ । 

चिसो पेय पदार्थः

दिनको सुरुवात कहिले पनि चिसो पेय पदार्थबाट गर्नु हुँदैन । कोल्ड कफी वा आइस टी जस्ता ड्रिङ्क पिउँदा तपाईंको पाचनक्रिया स्लो हुन्छ । यसको साटो मनतातो पानी, कागती वा अदुवाको चिया पिउनुहोस् । यी तीनै तत्वले मेटाबोलिजम बढाउनुका साथै तौल पनि कम गर्छ । 

काँचो तरकारीः

तौल घटाउनका लागि धेरैजसो मानिसहरु हरियो सागसब्जी र सलादको सहारा लिन्छन् । यद्यपि, यी खानेकुरालाई काँचै वा खालीपेटमा खानुहुँदैन । यसले पाचन तन्त्र खराब हुनुका साथै, पेट दुख्ने र फूल्नेलगायतका समस्या देखिन्छन् । 

प्रतिक्रिया