Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०९ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटको सहारा लिन्छन् । तर दिनको सुरुवातमा तपाईंले के खाइरहनुभएको छ, त्यसमा पनि तौल बढ्ने नबढ्ने कुरा निर्भर हुन्छ । 

केही खानेकुरा खाली पेटमा खाँदा तपाईंलाई जलन र एसिडिटीको समस्या  हुनसक्छ । साथै, तपाईंको तौल कम गर्ने सपना पनि टुट्न सक्छ । आउनुहोस्, आज त्यस्ता खानेकुराबारे जानकारी लिऔं जुन खालीपेटमा कहिले पनि खानु हुँदैन ।

अमिलो फलफूलः

अमिलो फलफूल खाली पेटमा कहिले पनि खानुहुँदैन । यसो गर्दा शरीरमा अत्यधिक मात्रामा एसिड बन्न थाल्छ । फलमा फाइबर भरपुर मात्रामा हुन्छ त्यसैले यो खाली पेटमा खाँदा अतिरिक्त भार पर्नसक्छ । यसको साटो दिनको सुरुवात किशमिश वा भिजाएको बदाम खाएर गर्नुपर्छ ।

सफ्ट ड्रिङ्कः

सोडा वा कुनै पनि सफ्ट ड्रिङ्क खाली पेट खानुहुँदैन । हुन त यी पेय पदार्थ स्वास्थ्यका लागि कहिले पनि सही होइनन् तर खाली पेटमा यो खाँदा यसको क्षती अझै बढी हुन्छ । 

खाली पेटमा यस्ता पेय पदार्थ पिउँदा ग्यासको समस्या हुन्छ । साथै यसले मोटोपना पनि बढाउँछ । यसको साटो खाली पेटमा कागती पानी पिउँदा तपाईंको तौल पनि घट्छ र स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पर्छ । 

मसालेदार खानाः

बिहान खाली पेटमा मसालेदार खाना खाँदा तपाईंको पेट पोल्न सक्छ । मसालेदार खाना खाँदा पेटमा एसिडिटी पनि बन्न थाल्छ ।  बिहानको खाना (ब्रेकफास्ट) सधैं हल्का र सादा हुनुपर्छ । 

चिसो पेय पदार्थः

दिनको सुरुवात कहिले पनि चिसो पेय पदार्थबाट गर्नु हुँदैन । कोल्ड कफी वा आइस टी जस्ता ड्रिङ्क पिउँदा तपाईंको पाचनक्रिया स्लो हुन्छ । यसको साटो मनतातो पानी, कागती वा अदुवाको चिया पिउनुहोस् । यी तीनै तत्वले मेटाबोलिजम बढाउनुका साथै तौल पनि कम गर्छ । 

काँचो तरकारीः

तौल घटाउनका लागि धेरैजसो मानिसहरु हरियो सागसब्जी र सलादको सहारा लिन्छन् । यद्यपि, यी खानेकुरालाई काँचै वा खालीपेटमा खानुहुँदैन । यसले पाचन तन्त्र खराब हुनुका साथै, पेट दुख्ने र फूल्नेलगायतका समस्या देखिन्छन् । 

प्रतिक्रिया

ट्रेन्डिङ