Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ईन्द्रेणिको बसाई “खोजि आवाजको” प्रतिस्पर्धामा अछामकी पवित्रा खड्का विजयी

ईन्द्रेणिको बसाई “खोजि आवाजको” प्रतिस्पर्धामा अछामकी पवित्रा खड्का विजयी

रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियाे काठमाण्डुकाे कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” प्रतिस्पर्धा सकिएकाे छ ।

लोक गीत, दोहोरी गाउने क्षमता भएका तर उपयुक्त अवसर पाउन नसकेकाको लागि रेडियोकाे माध्यमबाट याे अवसर सिर्जना भएकाे हाे । याे कार्यलाइ अगाडि बढाउन रेडियाे काठमाण्डु र डिएआर मुभिजको सहकार्यमा “खोजि आवाजको” प्रतिस्पर्धा संचालन गरिएकाे थियाे ।

देशभरका एक सय भन्दा बढि रेडियाे एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणि मार्फत देशभरका लाेक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

“खोजि आवाजको” प्रतिस्पर्धामा सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी छन ।

बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्नेछ ।

कार्यक्रमकाे संचालन ईन्द्रेणिका संचालक चर्चित कार्यक्रम प्रस्ताेता तथा रेडियाे काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गरेका थिए । “खोजि आवाजको” निर्णायकमा घमेश दुलाल र प्रभावन जे रहेका थिए ।

पहिलाे रेडियाे अडिसनमा सिता मगर भाेजपुर, धनराम परियार काठमाण्डाै, उपेश परियार दाङ, महेश दवाडि काठमाण्डाै, छिना गुरूङ भाेजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलाे अडिसनबाट छनाैट भएका थिए ।

यस्तै दाेस्राे रेडियाे अडिसनमा कैलास कैनी डडेलधुरा, थामि मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन राेल्पा, पवित्रा खड्का अछाम र स्वाेता सुनार गुल्मीबाट सहभागी भएका थिए ।
कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनाैट भएका थिए ।

यस्तै तेस्राे रेडियाे अडिसनमा पुर्ण कुमार तिवारी काठमाण्डाै, पवित्रा आले मगर काठमाण्डाै, नविन बाेहरा डाेटि, कल्पना मगर सल्यान, पासाङ शेर्पा भाेजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनाैट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए ।

फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।

 

प्रतिक्रिया