ताजा अपडेट
बिरामी कुरुवाको नगद ३५ हजारसहित ३ मोबाइल चोरी सेती प्रादेशिकअस्पतालमा
सेती प्रादेशिक अस्पतालबाट कुरुवाको नगद ३५ हजार नगदसहित ३ वटा मोबाइल चोरी भएको छ ।
प्रादेशिक अस्पतालको एनआइसीयु वार्डबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्ने झरना बमको नगद ३५ हजारसहित ३ वटा मोबाइल, मोटरसाइकलको ब्लुबुक, लाइसेन्सलगायतका सामान चोरी भएको हो ।
मंसिर ३ गते राती छोरीको उपचारका लागि एनआइसियु वार्डमा रहेका बेला आफ्नो २ र दिदीको १ मोबाइल, नगद र पर्स चोरी भएको बमले बताइन् ।
उनले सामान चोरी भएको विषयमा अस्पताल प्रशासन र प्रहरीलाई सोही दिन जानकारी गराइसकेको भएपनि अहिले सम्म कुनै पत्ता नलागेको बताउँदै जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दर्ता गरिएको जनाइन् ।
जिल्ला प्रहरी कार्यालयले पीडितले दिएको निवेदनका आधारमा चोरी भएका नगद र अन्य सामानको खोजी भइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया