Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सक्षमता सहितको महिला नेतृत्व अबको आवश्यकताः जेसिज अध्यक्षका उम्मेद्धार खरेल

सक्षमता सहितको महिला नेतृत्व अबको आवश्यकताः जेसिज अध्यक्षका उम्मेद्धार खरेल

कमल रावल मंसिर ५ अछाम

जेसिज बर्ष २०२० का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धार शोभा खरेलले सक्षमता सहितको महिला नेतृत्व आवश्यकता रहेको बताउनु भएको छ । महिलाको सक्षमता नेतृत्वमा स्थापित गराउनका लागी आफुले बर्ष २०२१ को राष्ट्रिय अध्यक्षको उम्मेद्धारी घोषणा गरेको बताउनु भएको छ । झण्डै ५४/५५ बर्षको अवधिमा महिलाले नेतृत्व नलिएकाले यसबर्ष आफुले आवश्यकता सहीत आफुलाई परिपक्क बनाएर राष्ट्रिय अध्यक्षको लागी उम्मेद्धारी घोषणा गरेको बताउनु भयो ।

अबको १ महिना पछी हुन लागेको राष्ट्रिय अधिबेशनका लागी जेसिज अछामसँग भेटघाटमा मंगलसेन पुग्नु भएका खरेलले जेसिजमा थुप्रै क्षेत्रबाट युवा समाज परिवर्तनका लागी परिपक्क भएर आएकाले आफुपनी एक परिपक्क उम्मेद्धार भएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो । अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खरेलले जेसिज शाखालाई शसक्त बनाउनका लागी सामाजिक अभियानलाई जहिले पनी प्राथमिकता राख्नु पर्ने बताउनु भयो । हरेक स्थानिय तहमा युवाहरु भएकाले उनिहरुलाई जोड्दै स्थानिय सरकारसँग हातमालो गर्दै अघि बढनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्ष अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिले हरेक सामाजिक अभियानमा अछाम जेसिजले सहयोग गर्दै आईरहेको बताउनु भयो । बर्ष २०२० मा गरेका हरेक गतिविधीको सबैले मुल्याकन गर्नु पर्नेमा जोड् दिनु भयो । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाहीले थुप्रै चुनौतीका बिचमा पनी अछाम जेसिज स्थापित हुन सफल भएकाले सबै युवालाई जेसिजमा जोडीन आग्रह गर्नु भएको थियो । कार्यक्रममा अछाम जेसिज २०१५ का अध्यक्ष नमराज न्यौपाने, हेटौडा लेडि जेसिजका पुर्व अध्यक्ष अस्मिता श्रेष्ठ, जेसि जानुका सापकोटा, किरण रेग्मी लगाएत जेसिज अछामका शाखा सम्पुर्ण पदाधिकारीको सहभागिता रहेको थियो । जेसिज अछामका उपाध्यक्ष टेक बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव टेकराज भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया