Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सक्षमता सहितको महिला नेतृत्व अबको आवश्यकताः जेसिज अध्यक्षका उम्मेद्धार खरेल

सक्षमता सहितको महिला नेतृत्व अबको आवश्यकताः जेसिज अध्यक्षका उम्मेद्धार खरेल

कमल रावल मंसिर ५ अछाम

जेसिज बर्ष २०२० का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धार शोभा खरेलले सक्षमता सहितको महिला नेतृत्व आवश्यकता रहेको बताउनु भएको छ । महिलाको सक्षमता नेतृत्वमा स्थापित गराउनका लागी आफुले बर्ष २०२१ को राष्ट्रिय अध्यक्षको उम्मेद्धारी घोषणा गरेको बताउनु भएको छ । झण्डै ५४/५५ बर्षको अवधिमा महिलाले नेतृत्व नलिएकाले यसबर्ष आफुले आवश्यकता सहीत आफुलाई परिपक्क बनाएर राष्ट्रिय अध्यक्षको लागी उम्मेद्धारी घोषणा गरेको बताउनु भयो ।

अबको १ महिना पछी हुन लागेको राष्ट्रिय अधिबेशनका लागी जेसिज अछामसँग भेटघाटमा मंगलसेन पुग्नु भएका खरेलले जेसिजमा थुप्रै क्षेत्रबाट युवा समाज परिवर्तनका लागी परिपक्क भएर आएकाले आफुपनी एक परिपक्क उम्मेद्धार भएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो । अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खरेलले जेसिज शाखालाई शसक्त बनाउनका लागी सामाजिक अभियानलाई जहिले पनी प्राथमिकता राख्नु पर्ने बताउनु भयो । हरेक स्थानिय तहमा युवाहरु भएकाले उनिहरुलाई जोड्दै स्थानिय सरकारसँग हातमालो गर्दै अघि बढनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्ष अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिले हरेक सामाजिक अभियानमा अछाम जेसिजले सहयोग गर्दै आईरहेको बताउनु भयो । बर्ष २०२० मा गरेका हरेक गतिविधीको सबैले मुल्याकन गर्नु पर्नेमा जोड् दिनु भयो । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाहीले थुप्रै चुनौतीका बिचमा पनी अछाम जेसिज स्थापित हुन सफल भएकाले सबै युवालाई जेसिजमा जोडीन आग्रह गर्नु भएको थियो । कार्यक्रममा अछाम जेसिज २०१५ का अध्यक्ष नमराज न्यौपाने, हेटौडा लेडि जेसिजका पुर्व अध्यक्ष अस्मिता श्रेष्ठ, जेसि जानुका सापकोटा, किरण रेग्मी लगाएत जेसिज अछामका शाखा सम्पुर्ण पदाधिकारीको सहभागिता रहेको थियो । जेसिज अछामका उपाध्यक्ष टेक बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव टेकराज भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया