ताजा अपडेट
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते रावललाई काठमाडौँ लगियो
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका अछामका एक जनालाई धनगढीबाट थप उपचारका लागी हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
जिल्लाको बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ५ सुगालीका ४८ वर्षीय गोकर्ण रावललाई सेती प्रादेशिक अस्पतालबाट आज दिउँसो भेन्टिलेटर सहित हेलिकप्टरमा काठमाडौँको लगिएको हो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराको पहलमा हेलिकप्टरबाट काठमाडौँको ग्राण्डि अस्पताल लगिएको मन्त्री वोहराका स्वकीय सचिव पङ्कज शाहले जानजकारी दिए ।
रावलको काठमाडौँ रहेको ग्रान्डि अस्पतालमा उपचार गरिने मन्त्री बोहराको सचिवालयले जनाएको छ ।उनलाई २ गते राती घर नजिकै अरिङ्गालले टोकेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया