ताजा अपडेट
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते रावललाई काठमाडौँ लगियो
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका अछामका एक जनालाई धनगढीबाट थप उपचारका लागी हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
जिल्लाको बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ५ सुगालीका ४८ वर्षीय गोकर्ण रावललाई सेती प्रादेशिक अस्पतालबाट आज दिउँसो भेन्टिलेटर सहित हेलिकप्टरमा काठमाडौँको लगिएको हो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराको पहलमा हेलिकप्टरबाट काठमाडौँको ग्राण्डि अस्पताल लगिएको मन्त्री वोहराका स्वकीय सचिव पङ्कज शाहले जानजकारी दिए ।
रावलको काठमाडौँ रहेको ग्रान्डि अस्पतालमा उपचार गरिने मन्त्री बोहराको सचिवालयले जनाएको छ ।उनलाई २ गते राती घर नजिकै अरिङ्गालले टोकेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया