Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

खेल तथा सामाजिक अभियन्ता प्रकाश चन्द लाई खेलकुद तथा महिला हिंसा विरुद्धको अभियानमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान

खेल तथा सामाजिक अभियन्ता प्रकाश चन्द लाई खेलकुद तथा महिला हिंसा विरुद्धको अभियानमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान

लामो समय देखि खेलकुदको बिकास र सामाजिक अभियानमा सक्रिय रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडी संघ, कैलालीका अध्यक्ष प्रकाश चन्द काठमाडौमा सम्मानित भएका छन ।

 शुक्रबार काठमाडौमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय  खेलाडी तथा सामाजिक अभियन्ताका रुपमा सक्रिय चन्द लाई सम्मान गरिएको हो ।
 
 उनलाइ नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा सम्मान प्रदान गरिएको हो । 
 
 थुप्रैपटक रास्ट्रीय तथा अन्तरास्ट्रिय प्रतियोगिता आयोजना गर्दै देश लाई अन्तरास्ट्रिय स्तरमा चिनाउन अहम् भुमिका खेलेको, पटकपटक रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रतियोगितामा नेपाललाई विभिन्न पदक दिलाउन सफल रहेको तथा महिला हिंसा विरुद्धको अभियान "प्रहार" मार्फत १५ हजार महिलालाइ आत्मरक्षा तालिम प्रदान गरि महिलालाइ रक्षात्मक रुपमा आत्मबल बढाउन योगदान पुर्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । 
 
नेपाल सितोरियो कराते, सतुङग्ल डोजोको आयोजनामा सम्मान प्रदान गरिएको हो । सम्मान समारोह पछि प्रतिक्रिया दिदै चन्दले यो सम्मानले समग्र खेलकुदको बिकास र सामाजिक अभियानमा निरन्तरता दिन थप उर्जा प्रदान गरेको बताउनुभयो । चन्दले आगामी दिनमा पनि निरन्तर खेलकुद क्षेत्रमा योगदान दिन प्रतिबद्ध रहेको बताउनु भयो ।  चन्दले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कराते निर्णायकको भुमिका समेत निर्वाह गरि सक्नुभएको छ। 

रास्ट्रीय गोजुरियो कराते दो संघका केन्द्रिय महासचिव समेत रहेका चन्दले सम्मान प्रदान गरेकोमा आयोजक लाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

समारोहमा रास्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला(ज्वाला) बिशिस्ट अतिथिका रुपमा हुनुहुन्थ्यो भने समारोहको अध्यक्षता डोजोका परिक्षक तथा समारोहका संयोजक सागर शाहीले गर्नु भएको थियो । 

प्रतिक्रिया