Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

खेल तथा सामाजिक अभियन्ता प्रकाश चन्द लाई खेलकुद तथा महिला हिंसा विरुद्धको अभियानमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान

खेल तथा सामाजिक अभियन्ता प्रकाश चन्द लाई खेलकुद तथा महिला हिंसा विरुद्धको अभियानमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान

लामो समय देखि खेलकुदको बिकास र सामाजिक अभियानमा सक्रिय रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडी संघ, कैलालीका अध्यक्ष प्रकाश चन्द काठमाडौमा सम्मानित भएका छन ।

 शुक्रबार काठमाडौमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय  खेलाडी तथा सामाजिक अभियन्ताका रुपमा सक्रिय चन्द लाई सम्मान गरिएको हो ।
 
 उनलाइ नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा सम्मान प्रदान गरिएको हो । 
 
 थुप्रैपटक रास्ट्रीय तथा अन्तरास्ट्रिय प्रतियोगिता आयोजना गर्दै देश लाई अन्तरास्ट्रिय स्तरमा चिनाउन अहम् भुमिका खेलेको, पटकपटक रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रतियोगितामा नेपाललाई विभिन्न पदक दिलाउन सफल रहेको तथा महिला हिंसा विरुद्धको अभियान "प्रहार" मार्फत १५ हजार महिलालाइ आत्मरक्षा तालिम प्रदान गरि महिलालाइ रक्षात्मक रुपमा आत्मबल बढाउन योगदान पुर्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । 
 
नेपाल सितोरियो कराते, सतुङग्ल डोजोको आयोजनामा सम्मान प्रदान गरिएको हो । सम्मान समारोह पछि प्रतिक्रिया दिदै चन्दले यो सम्मानले समग्र खेलकुदको बिकास र सामाजिक अभियानमा निरन्तरता दिन थप उर्जा प्रदान गरेको बताउनुभयो । चन्दले आगामी दिनमा पनि निरन्तर खेलकुद क्षेत्रमा योगदान दिन प्रतिबद्ध रहेको बताउनु भयो ।  चन्दले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कराते निर्णायकको भुमिका समेत निर्वाह गरि सक्नुभएको छ। 

रास्ट्रीय गोजुरियो कराते दो संघका केन्द्रिय महासचिव समेत रहेका चन्दले सम्मान प्रदान गरेकोमा आयोजक लाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

समारोहमा रास्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला(ज्वाला) बिशिस्ट अतिथिका रुपमा हुनुहुन्थ्यो भने समारोहको अध्यक्षता डोजोका परिक्षक तथा समारोहका संयोजक सागर शाहीले गर्नु भएको थियो । 

प्रतिक्रिया