Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा सामुहिक कुटपिटबाट दलित युवाको ज्यान गयो

अछाममा सामुहिक कुटपिटबाट दलित युवाको ज्यान गयो

अछाममा सामुहिक कुटपिट परी गम्भीर युवकको  मृत्युु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया दीपक टमट्टाको मृ’त्युभएको हो ।सामान्य विषयमा विवाद हुँदा स्थानीयको आक्रमणबाट घाइते भएका टमट्टाको कोहलपुरमा उपचारका क्रममा ज्याान गएको आफन्तले बताएका छन् । गत कार्तिक १९ गते राती आफ्नै घरमा बोलाई स्थानीय दल बहादुर साउँद लगायतका युवाहरूले निर्घात कुटपिट गरेको आफन्तको भनाई छ ।

युवाहरूको आक्रमणबाट घाइते भएका उनकाे उपचारको क्रममा यही मङ्सिर २ गते नै मृत्यु भएको भए पनि बिहीबार जिल्ला प्रहरी कार्यालयमा मृतकका आफन्तले जाहेरी दिएपछि मात्र घ’टना सार्वजनिक भएको हो ।

आफन्हरुले बिहीबार जिल्ला प्रहरी कार्यालय अछाममा दल बहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी समेत दिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताए । मृतक टमट्टामाथी कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ ।

टाउकोमा गम्भिर चोट लागेर बेहोस अबस्थामा रहेका टमट्टा लाई उपचार को लागी बयालपाटा अस्पातलमा लागिएकोमा त्यहाँ उपचार हुन नसकेपछी कोहोलपुर मेडिकल कलेज मा उपचार हुँदै आएको थियो ।

बेहोस अवस्थामा रहेका टमट्टाको होस नै नआई मृत्यु भएको मृतकका ज्वाँई भरत बि क ले जानकारी दिए । बि कका अनुसार टमट्टाको मंसिर २ गते नै मृत्यु भएको भए पनि हाल सम्म शब को पोष्टमार्टम सम्म हुनसकेको छैन । शबको शनिबार बिहान पोष्टमार्टम गर्ने तयारी भैइरहेको उनले बताए  ।

प्रतिक्रिया