ताजा अपडेट
आज बिहान यसरि उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व सम्पन्न भएको छ । शनिबार बिहान देशभरका वर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर सूर्य देवको पूजा गरि मनाइने छठ पर्व सम्पन्न गरेका हुन् ।
यो पर्व विशेष गरि तराई मधेशमा उल्लासका साथ मनाइन्छ । पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यकासहित देशभर यो चाड उल्लासका साथ मनाउने गरिएको छ ।
शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने छठ पर्व सम्पन्न भएको हो ।
छठ पर्वको मुख्य दिन शुक्रवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिईएको थियो । शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा छठ पर्वको समापन भएको हो ।
छठ पर्व बुधबारदेखि सुरु भएको थियो । छठको पहिलो दिन बुधबार नहाई खाई, दोस्रो दिन बिहीबार खरना मनाइएको थियो ।


सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया