Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

पहिलो पटक सुदूरपश्चिममा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

पहिलो पटक  सुदूरपश्चिममा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज, सिनियर अहेब कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे सेती प्रादेशिक अस्पतालको कोरोना अस्थाीय अस्पतालमा  मत्यु भएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । २०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए ।

दसैँ बिदामा उनी धनगढी घर आएका थिए । दसैँ मनाएर  अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि फेरि धनगढी फर्किएका थिए ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार श्रेष्ठ प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने पहिलो स्वास्थ्यकर्मी हुन् ।

उनको कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार हिन्दु संस्कार अनुसार अत्यष्टी गरेको थियो ।

प्रतिक्रिया