ताजा अपडेट
भारतीय कमेडियन भारतीको घरबाट गाँजा बरामद
घर र कार्यालयमा गाँजा भेटिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ। एनसिबीले उनीसँगै उनका पति हर्षलाई पनि हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
एनसिबीले खारडंडा क्षेत्रमा छापा मार्दा एक २१ वर्षका तस्करलाई पक्राउ गरेको थियो। तिनै तस्करको मोबाइलमा रहेको जानकारीको आधारमा भारतीको घर र कार्यालयमा प्रहरीले छापा मार्दा गाँजा भेटिएपछि उनलाई पतिसहित पक्राउ गरिएको हो।
पक्राउ गर्नु अघि उनीहरूसँग ३ घण्टा सोधपुछ गरिएको थियो। यी स्थानमा छापा मार्दा एनसिबीले ८६.५ ग्राम गाँजा बरामद गरेको थियो। पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्। उनीहरूलाई आज अदालतसमक्ष पेस गरिनेछ। भारतीय कानुन अनुसार उनीहरूबाट बरामद भएको गाँजाको मात्रा थोरै हो।
भारतमा एक हजार ग्राम गाँजालाई थोरै मानिन्छ। यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ।जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि एनसिबीले बलिउडमा लागुऔषध प्रयोगका बारेमा जाँच गरिरहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया