ताजा अपडेट
राष्ट्रियसभा बैठक स्थगित, पेस भएन अख्तियार सम्बन्धी विधेयक
काठमाडौं– आजको राष्ट्रियसभा बैठक ११ असार सम्मको लागि स्थगित भएको छ।
बैठक स्थगित भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव कार्यसूचीबाट हटेको छ।
आजको दोस्रो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो।
उक्त विधेयकमा अख्तियारको दायरा विस्तार गरेर निजी क्षेत्र पनि समेटिएको छ। त्यस्तै, संघ र प्रदेशको मन्त्रिपरिषदबाट हुने नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नपर्ने उल्लेख गरिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र निजी क्षेत्र विधेयकको विरोधमा छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया