ताजा अपडेट
राष्ट्रियसभा बैठक स्थगित, पेस भएन अख्तियार सम्बन्धी विधेयक
काठमाडौं– आजको राष्ट्रियसभा बैठक ११ असार सम्मको लागि स्थगित भएको छ।
बैठक स्थगित भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव कार्यसूचीबाट हटेको छ।
आजको दोस्रो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो।
उक्त विधेयकमा अख्तियारको दायरा विस्तार गरेर निजी क्षेत्र पनि समेटिएको छ। त्यस्तै, संघ र प्रदेशको मन्त्रिपरिषदबाट हुने नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नपर्ने उल्लेख गरिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र निजी क्षेत्र विधेयकको विरोधमा छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया