Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

कांग्रेस सरकारमा नजाने, ओलीको प्रस्ताव अस्विकार

कांग्रेस सरकारमा नजाने, ओलीको प्रस्ताव अस्विकार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको चर्चाकाबीच कांग्रेसले आफू पाँच वर्ष प्रतिपक्षी दलको रुपमा रहने स्पष्ट पारेको हो । 

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनादेशअनुसार कांग्रेस पाँच वर्ष प्रतिपक्षी दलमा बस्ने स्पष्ट पारेका हुन् । आइतबार ट्वीट गर्दै उनले सत्तारुढ नेकपाको विवादप्रति कांग्रेस निरपेक्ष रहेको भन्दै सरकारमा नजाने स्पष्ट पारेका हुन् । 

नेकपा भित्रको जोड घटाउमा कांग्रेसको शीर नगन्न चेतावनी दिँदै उनले भनेका छन्, ‘ यता या उताको जोड घटाउमा कांग्रेसको शीर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउँदछौं ।’

यसबारे प्रवक्ता शर्माले गरेको ट्वीट :

भ्रम : कोहि कसैलाई केही छ भने !

५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई ।

अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं ।

नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !

 

प्रतिक्रिया