Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

कांग्रेस सरकारमा नजाने, ओलीको प्रस्ताव अस्विकार

कांग्रेस सरकारमा नजाने, ओलीको प्रस्ताव अस्विकार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको चर्चाकाबीच कांग्रेसले आफू पाँच वर्ष प्रतिपक्षी दलको रुपमा रहने स्पष्ट पारेको हो । 

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनादेशअनुसार कांग्रेस पाँच वर्ष प्रतिपक्षी दलमा बस्ने स्पष्ट पारेका हुन् । आइतबार ट्वीट गर्दै उनले सत्तारुढ नेकपाको विवादप्रति कांग्रेस निरपेक्ष रहेको भन्दै सरकारमा नजाने स्पष्ट पारेका हुन् । 

नेकपा भित्रको जोड घटाउमा कांग्रेसको शीर नगन्न चेतावनी दिँदै उनले भनेका छन्, ‘ यता या उताको जोड घटाउमा कांग्रेसको शीर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउँदछौं ।’

यसबारे प्रवक्ता शर्माले गरेको ट्वीट :

भ्रम : कोहि कसैलाई केही छ भने !

५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई ।

अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं ।

नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !

 

प्रतिक्रिया