Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

यस्ता छन गएकाे वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट १५ करदाता

यस्ता छन गएकाे वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट १५ करदाता

आन्तरिक राजस्व विभागले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष कर दिवसको अवसरमा उत्कृष्ट १५ करदातालाई सम्मान गर्दै आएको विभागले यो वर्ष पनि विभिन्न विधाका उत्कृष्ट करदाताको नाम सार्वजनिक गरेको हो ।

विभागका अनुसार व्यक्तिगत रूपमा सबैभन्दा धेरै आयकर तिर्ने विजयबहादुर शाह सम्मानित हुनुहुने भएको छ । शाहका जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरी कम्पनी रहेका छन् ।

यस्तै सबैभन्दा धेरै पाँच अर्ब ३१ करोड आयकर तिरेको सूर्य नेपाल पनि सम्मानित हुने भएको छ । रेमिट्यान्सतर्फ आईएमई, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड र निर्याततर्फ डाबर नेपाल पनि सम्मानित हुने भएका छन् ।

यस्तै जलविद्युतमा हिमाल पावर कम्पनी, कृषि तथा पशुपंक्षी उद्योगमा अन्नपूर्ण एग्रोभेट, सहकारीतर्फ छिमेकी लघुवित्त, बैंकतर्फ नबिल बैंक, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, शिक्षण सेवातर्फ मणिपाल मेडिकल कजेल, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी सम्मानित हुने भएका छन् ।

यस्तै मध्यमस्तरीय करदातातर्फ कामना सेवा बैंक लिमिटेड, भ्याटतर्फ घोराही सिमेन्ट र भीएस सर्भिसेस प्रालि पनि उत्कृष्ट १५ करदातामा पर्दै सम्मानित हुने भएका छन् । उत्कृष्ट १५ करदातालाई कोरोना महामारी कम भए पछि सम्मान गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।

व्यक्तिगत आयकरतर्फ :-  विजयकुमार शाह
बैंकिङ क्षेत्रतर्फ :- नबिल बैंक
कम्पनीको क्षेत्रतर्फबाट :-  सूर्य नेपाल प्रा लि 
विप्रेषणतर्फ :- आईएमई रेमिट्यान्स कम्पनी
व्यापार व्यवसायतर्फ :- अग्नि इन्कर्पोरेटेड कम्पनी
निर्यात व्यवसायतर्फ :- बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
विशेष उद्योगतर्फ :- हिमाल पावर कम्पनी
कृषि तथा पशुपक्षी उद्योगतर्फ :- अन्नपूर्ण एग्रोभेट प्रालि
सहकारीतर्फ :- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
बिमा व्यवसायतर्फ :- नेपाल पुनर्बिमा कम्पनी
शिक्षण सेवातर्फ :- मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
पर्यटन व्यवसायतर्फ :-  तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
मध्यमस्तरीय करदातातर्फ :- कामना सेवा बैंक लिमिटेड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ :-  घोराही सिमेन्ट
आराकाहरुको कार्यक्षेत्र तर्फबाट :- भीएफ सर्भिसेस (मोरिसस) प्रालि

प्रतिक्रिया