Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सेनेटरी प्याड मात्रै करिव २ करोडकाे खरिद अछाममा

सेनेटरी प्याड मात्रै करिव २ करोडकाे  खरिद  अछाममा

अछाममा एक करोड भन्दा बढीको सेनेटरी प्याड खरिद गरिएको छ । अछामका दश स्थानीय तहहरुले एक करोड ६८ लाख २६ हजारको सेनेटरी प्याड खरिद गरेका छन् । संघीय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको सशर्त अनुदानमार्फत अछाममा उक्त बजेट आएको हो । विद्यालयमा अध्ययनरत महिनावारी हुने छात्राहरुलाई प्याड वितरणका लागि बजेट आएको हो ।

छात्राहरुलाई विद्यालय नियमित गराउन र सुरक्षित महिनावारीका लागि विद्यालयमा प्याड वितरण गर्न थालिएको हो । प्याड वितरणका लागि पालिकाका उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा शिक्षा शाखाका प्रमुख सदस्य सचिब रहने गरी ७ सदस्यीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन भएका छन् ।

साँफेबगर नगरपालिकामा गत आर्थिक वर्षमा २४ लाख,रामारोशन गाउँपालिकामा २३ लाख ९० हजार,मंगलसेन नगरपालिकामा २२ लाख २१ हजार, पञ्चदेवल बिनायक नगरपालिकामा २१ लाख ७० हजार, मेल्लेख गाउँपालिकामा १५ लाख ६० हजार, चौरपाटी गाउँपालिका १२ लाख ८४ हजार, कमलबजार नगरपालिकामा १७ लाख,बान्नीगढी जयगढ गाउँपालिकामा १२ लाख,ढकारी गाउँपालिकामा १० लाख ७ हजार र तुर्माखाँद गाउँपालिकामा १८ लाख ९४ हजार रकम प्याड खरिदका लागि आएको हो ।

मंगलसेन, ढकारी, बान्नीगढी जयगढ, मेल्लेख, कमलबजार, पञ्चदेवल बिनायक, रामारोशन, तुर्माखाँदले बितरण गरिसकेका छन् भने साँफेबगर र चौरपाटीले बितरण गरेका छैनन् । कोरोना कारण खरिद गरिएको सेनेटरी प्याड वितरण गर्न नसकिएको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुडथापाले बताइन् । उनले भनिन्,’खरिद गरेर राखेका छौं,तिहार लगत्तै वितरण गर्ने छौं । मंगलसेन नगरपालिकाले प्याड खरिद नगरिकन विद्यालयको खातामा रकम पठाएको शिक्षा शाखा प्रमुख बताए । उनले भने ‘कार्यबिधि अनुसार विधालयको खातामा पैसा हालेका छौ, विद्यालयले आफै प्याड खरिद गर्ने छन् ।’

यो आर्थिक वर्षमा रकम बढेर २ करोड ३४ लाख ९४ हजार बजेट आएको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । मंगलसेन नगरपालिकामा ३१ लाख ५७ हजार,बान्नीगढी जयगढ गाउँपालिकामा १७ लाख,कमलबजार नगरपालिकामा २४ लाख,मेल्लेख गाउँपालिकामा २१ लाख १० हजार,साँफेबगर नगरपालिकामा ३० लाख १५ हजार, रामारोशन गाउँपालिकामा २३ लाख, तुर्माखाद गाउँपालिकामा २२ लाख,ढकारी गाउँपालिकामा १७ लाख ७ हजार,पञ्चदेवल बिनायक नगरपालिकामा ३० लाख २२ हजार र चौरपाटी गाउँपालिकामा १८ लाख ८३ हजार बजेट आएको छ ।

प्रतिक्रिया