Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सेनेटरी प्याड मात्रै करिव २ करोडकाे खरिद अछाममा

सेनेटरी प्याड मात्रै करिव २ करोडकाे  खरिद  अछाममा

अछाममा एक करोड भन्दा बढीको सेनेटरी प्याड खरिद गरिएको छ । अछामका दश स्थानीय तहहरुले एक करोड ६८ लाख २६ हजारको सेनेटरी प्याड खरिद गरेका छन् । संघीय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको सशर्त अनुदानमार्फत अछाममा उक्त बजेट आएको हो । विद्यालयमा अध्ययनरत महिनावारी हुने छात्राहरुलाई प्याड वितरणका लागि बजेट आएको हो ।

छात्राहरुलाई विद्यालय नियमित गराउन र सुरक्षित महिनावारीका लागि विद्यालयमा प्याड वितरण गर्न थालिएको हो । प्याड वितरणका लागि पालिकाका उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा शिक्षा शाखाका प्रमुख सदस्य सचिब रहने गरी ७ सदस्यीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन भएका छन् ।

साँफेबगर नगरपालिकामा गत आर्थिक वर्षमा २४ लाख,रामारोशन गाउँपालिकामा २३ लाख ९० हजार,मंगलसेन नगरपालिकामा २२ लाख २१ हजार, पञ्चदेवल बिनायक नगरपालिकामा २१ लाख ७० हजार, मेल्लेख गाउँपालिकामा १५ लाख ६० हजार, चौरपाटी गाउँपालिका १२ लाख ८४ हजार, कमलबजार नगरपालिकामा १७ लाख,बान्नीगढी जयगढ गाउँपालिकामा १२ लाख,ढकारी गाउँपालिकामा १० लाख ७ हजार र तुर्माखाँद गाउँपालिकामा १८ लाख ९४ हजार रकम प्याड खरिदका लागि आएको हो ।

मंगलसेन, ढकारी, बान्नीगढी जयगढ, मेल्लेख, कमलबजार, पञ्चदेवल बिनायक, रामारोशन, तुर्माखाँदले बितरण गरिसकेका छन् भने साँफेबगर र चौरपाटीले बितरण गरेका छैनन् । कोरोना कारण खरिद गरिएको सेनेटरी प्याड वितरण गर्न नसकिएको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुडथापाले बताइन् । उनले भनिन्,’खरिद गरेर राखेका छौं,तिहार लगत्तै वितरण गर्ने छौं । मंगलसेन नगरपालिकाले प्याड खरिद नगरिकन विद्यालयको खातामा रकम पठाएको शिक्षा शाखा प्रमुख बताए । उनले भने ‘कार्यबिधि अनुसार विधालयको खातामा पैसा हालेका छौ, विद्यालयले आफै प्याड खरिद गर्ने छन् ।’

यो आर्थिक वर्षमा रकम बढेर २ करोड ३४ लाख ९४ हजार बजेट आएको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । मंगलसेन नगरपालिकामा ३१ लाख ५७ हजार,बान्नीगढी जयगढ गाउँपालिकामा १७ लाख,कमलबजार नगरपालिकामा २४ लाख,मेल्लेख गाउँपालिकामा २१ लाख १० हजार,साँफेबगर नगरपालिकामा ३० लाख १५ हजार, रामारोशन गाउँपालिकामा २३ लाख, तुर्माखाद गाउँपालिकामा २२ लाख,ढकारी गाउँपालिकामा १७ लाख ७ हजार,पञ्चदेवल बिनायक नगरपालिकामा ३० लाख २२ हजार र चौरपाटी गाउँपालिकामा १८ लाख ८३ हजार बजेट आएको छ ।

प्रतिक्रिया