Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

वाक नेपाल अछामद्वारा जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

वाक नेपाल अछामद्वारा जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

अछाम

कोईकाको आर्थिक सहयोग तथा यूनेस्को र वाक नेपालको सहकार्यमा संचालित कार्यमूलक साक्षरता कक्षामा सहभागी १४६ जना किशोरी तथा यूवातीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री सहयोग गरेको छ । संस्थाले मंगलसेन नगरपालिकाका र चौरपार्टि गाउँपालिकाका विभिन्न वडामा राहात वितरण गरेको हो। मंगलसेन नगरपालिकाका वडा नम्बर ३ र ४ र चौरपार्टि गाउपालिका वडा नम्बर १ सिउडि, २ र ३ सोकट, वडा नं. ४ पायल र वडा नं. ५ लुंग्रा गरि १ सय ४६ जनालाई राहत वितरण गरेको वाक नेपाल अछामले जनाएको छ । यो सँगै अछाम जिल्लामा पटक पटक गरी तीन चरणमा वितरण गरिएको थियो । जसमा चौरपाटी गाउँपलिकामा १६२ जनालाई, मंगलसेन नगरपालिकामा १४५ जनालाई र साँफेबगर नगरपालिकामा १०५ जम्मा ४१२ जना किशोरी तथा यूवातीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री गरिएको छ ।

प्रति व्यक्ति ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ किलो चिनी, २ लिटर तेल, ६ वटा साबुन, २५ वटा सर्जिकल मास्क, २० प्याकेट (१४० वटा) स्यानेटरी प्याड, १२ जोडी ग्लोब्स, १ किलो सोडा, २ वटा हाते तावेल, १ बोतल सेनिटाइजर, ४ वटा तुथ ब्रस र २ वटा तुथ पेष्ट लगायतका खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ । कोरेना भाइरस (कोभिड १९) ले थुप्रै व्यक्ति प्रभावित भएका र त्यसमा पनि संस्थाले छनौट गरेका किशोरी र यूवा महिलाहरू बढि समस्यामा परेकाले खाद्यान्न तथा सरसफाइ सम्बन्धिका सामाग्री वितरण गरिएको हो । आइतबार एकैदिन ९ लाख बराबरको राहत वितरण गरिएको छ । प्रति व्यक्ति ५ हजार ७ सय १९.५० का दरले हाल सम्म जम्मा २३ लाख ५६ हजार ४३४ बराबरको खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको जनाइएको छ । यस्तो अवस्थामा राहत पाएपछि स्थानीय निकै खुसी भएका छन । मंगलसेन नगरपालिका ३ मा भएको कार्यक्रममा सांसद यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै उहाँले संस्थाले राम्रो काम गरेकोमा प्रशंसाा गर्दै समृद्ध समाज निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरि अघि बढ्न सुझाव समेत दिनु भएको छ । वडा अध्यक्ष पदम सिंह भाटको अध्यक्षतमा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, पत्रकार टेक बहादुर थापा, नेकपाका मीन बहादुर टमट्टा, वाक नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत गंगा श्रेष्ठ , विपत व्यवस्थापन तथा न्युनिकरण अधिकृत शिवराज ढुंगाना , कल्पना बोहरा लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन वाक नेपाल एच.अइ.भी. टिबी परियोजनाका संयोज कविराज जोशिले गर्नु भएको थियो । चैरपाटी गाउँपालिका वडा नम्बर १ मा वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चौरपाटी गाउँपालिका वडा १ का वडा सदस्य पदम बहादुर शाह रहनु भएको थियो । सामुदायिक सिकाइकेन्द्र चैरपाटीका अध्यक्ष टेक बहादुर थापा, दलित प्रतिनिधि डिल्ली कामी लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन वाक नेपाल भकारी परियोजनाका कार्यक्रम संयोजक प्रेम विकले गर्नुभएको थियो । तेस्तै चैरपाटी गाउँपालिका ५ लुङग्रा र वडा नम्बर ४ पायलमा वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा वितरण कार्यक्रमको सञ्चालन गरिएको थियो भने कार्यक्रमको संचालन वाक नेपाल एच.अइ.भी. टी.बी परियोजनाका लेखा अधिकृत किर्ती कुमार खडकाले गर्नु भएको थियो ।

त्यस्तै चैरपाटी गाउँपालिका वडा नं. २ र ३ मा वाक नेपालका कार्यक्रम प्रबन्धक चेतराज जोशीको अध्यक्षतामा वितरण कार्यक्रम भएको थियो । वडा नं. २ प्रमुख अतिथि महिला वडा सदस्य राजु साउँद र वडा नम्बर २ मा प्रमुख अतिथि महिला स्वयंसेविका धौली साउँद रहनु भएके थियो । कार्यक्रमको संचालन वाक नेपाल भकारी परियोजनाका मिल अधिकृत बम भट्टले गर्नु भएको थियो ।

प्रतिक्रिया