ताजा अपडेट
प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु - पोखरा
पोखरामा सोमबार ल्यान्डिङ गर्नेक्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। उनीसँग रहेका यात्रु गम्भिर घाइते भएकी छिन्।
कास्कीका डीएसपी सुवास हमालले ल्यान्डिङ गर्ने ठाउँभन्दा करिब डेढ किलोमिटर पर जमिनमा प्याराग्लाडिङ खसेको बताए। पाइलट पोखरा महानगरपालिकाका ३८ वर्षीय राजु गैरे ज्यान गएको हो।
घाइते भएकी बूढानीलकण्ठ नगरपालिकाकी २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। कास्कीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ। मृतक गैरेको टाउकोमा चोट लागेको थियो।
व्यवशायीले ६० प्रतिशतसम्म छुट दिएपछि पोखरामा प्याराग्लाडिङ गर्ने पछिल्लो समय ह्वात्तै बढेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया