Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मास्क अनिवार्य गर्दै आजबाट कक्षा १२ को परीक्षा सुरु

मास्क अनिवार्य गर्दै  आजबाट कक्षा १२ को परीक्षा सुरु

कोरोना भाईरसको महामारीको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । यो वर्ष परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षाका बेला प्रत्येक परिक्षार्थीले हलमा २ मिटरको दुरी कायम गर्ने ब्यबस्था मिलाईएको छ । परीक्षा केन्द्र परिसरमा रहेको हेल्थ डेस्कमा हात धुने, ज्वरो नाप्ने ब्यबस्था मिलाईएको र मास्क अनिवार्य गरिएको बताइएको छ ।

यसैगरी एउटा कक्षा कोठामा २० जना परीक्षार्थी मात्रै राख्ने ब्यबस्था गरिएको छ । कुनै परीक्षार्थी कोरोना पोजिटिभ देखिएमा पछि परीक्षा दिने ब्यबस्था गरिएको छ । परीक्षा हल आधाघण्टा अघिदेखि खुल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गरी ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् ।

परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्ने व्यवस्था गरिएको मन्त्री पोखरेलको भनाई छ ।

प्रतिक्रिया