Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जिल्ला भरिमा थप ६ वटा अस्पताल बन्दै - अछाम

जिल्ला भरिमा थप ६ वटा अस्पताल बन्दै - अछाम

जिल्लामा अब थप ६ वटा अस्पताल बन्ने भएका छन् । अब बन्ने अस्पतालको आउदो मंसिर १५ गते एकै दिन सिलान्यास हुने कार्यक्रम तय भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नोती गरी १५ सैयाको अस्पताल बनाउने निर्णय यसअघि नै भएपनि हाल स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचीमा समेत समाबेश गरिएका कारण ति ठाँउमा समेत घोषणाको कार्यक्रम तय भएको छ । यसका साथै बान्नीगढी जैयगढ गाँउपालिकामा समेत १५ सैयाको अस्पताल बन्ने भएको छ । यस्तै जिल्लाको तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा भने १० सैयाको अस्पताल निर्माण हुने भएका छन् ।

१५ गते बिहान ढकारी गाँउपालिका, दिउसो तुर्माखाँद गाँउपालिका र कमलबजार नगरपालिकामा अस्पताल सिलान्यास अन्र्तगत घोषणा गर्ने कार्यक्रम तय भएको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए । घोषणा कार्यक्रमको तयारी समेत भईरहेको अध्यक्ष शर्माले बताए ।

यता बान्नीगढी जयगढ गाँउपालिकामा समेत मंसिर १५ गते नै पालिकामा बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास गर्ने तयारी भईरहेको अध्यक्ष राजेन्द्र खड्काले बताए । अध्यक्ष खड्काका अनुसार भोली बुधबार कार्यपालिकाको बेठक बसी घोषणाको अन्तिम रुप दिईनेछ । यस्तै चौरपाटी गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नोती गरी बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास राष्टिय सभाका सदस्य माननिय शेरबहादुर कुवँरले उद्घाटन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष हर्क बहादुर साँउदले बताए ।

अछाम जिल्लाका बिभिन्न ३ पालिकामा निर्माण हुने १५ सैयाको अस्पतालका लागि कुल बजेट १८ लाख ६ सय ८२ रहेको छ भने १० सैयाको अस्पतालका लागि १० लाख ८ हजार ३ सय ३६ बजेट छुट्याईएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जिल्लाका दुई गाँउपालिका रामारोशन र मेल्लेख गाँउपालिकामा भने मन्त्रालयले जारी गरेको सुची समाबेश नभएको पाईएको छ । यद्यपी ति दुई गाँउपालिकामा ५ बेड संचालन गर्ने गरी कोभिड बिशेष अस्पताल संचालनमा आएका छन् । । संघिय तथा प्रदेश सरकारको आर्थिक सहयोगमा मेल्लेख गाँउपालिकामा ५ बेडको कोभिड अस्पतालको मंगलबार आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भने रामारोशनमा कोभिड बिशेष अस्पताल यसअघि नै उद्घाटन गरी संचालनमा ल्याईएको पालिका अध्यक्ष झंकर साँउदले बताए ।

अछामका मुख्य दुई नगरपालिकामा भने यसअघै नै अस्पताल संचालमा रहेका छन् । जिल्लाको मंगलसेन नगरपालिकामा जिल्ला अस्पताल संचालनमा रहेको छ भने साँफेबगर नगरपालिकामा ५० बेडको बयालपाटा अस्पताल संचालनमा रहेको छ । १५ सैयाको जिल्ला अस्पतालललाई पनि मंसिर १५ गते ५० सैयाको अस्पतालका रुपमा घोषणा गरिने भएको छ ।

अस्पताल नभएका देशैभरका पालिकाहरुमा एकैदिन शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।

सबै नागरिकलाई सहज आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । विभिन् पालिकामा निर्माण हुने ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशका सबै पालिकामा ५ देखि १५ शैयाा सम्म  आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।

प्रतिक्रिया