Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

तनाव बढ्दै गएपछि बर्दिबासमा कर्फ्यू, बालिका हत्या प्रकरण

तनाव बढ्दै गएपछि बर्दिबासमा कर्फ्यू, बालिका हत्या प्रकरण

थप हिंसा हुन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा कर्फ्यू लगाएको छ । ६ वर्षीया बालिकाको हत्या भएको विषयमा तनाव बढ्दै गएपछि बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा कर्फ्यू लगाउने निर्णय भएको हो । 

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए । 

बर्दिबासमा मंगलबार बिहान भएको झडपमा प्रहरीको गोली लागेका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि थप तनाव बढ्ने भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । थप हिंसा भड्किन नदिन कर्फ्यू लगाउने निर्णय भएको हो ।

बालिका हत्याको विरोधमा उत्रिएका न्यौपानेलाई प्रहरीको गोली लागेपछि उपचारका लागि हेलिकोप्टरबाट मंगलबार काठमाडौं ल्याइएको थियो । 

न्यौपानेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति १ बजे मृत्यु भएको हो । उनीसँगै गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ।

आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव सोमबार मध्यरातमा झाडीमा बोरामा फालिएको अवस्थामा भेटिएको थियो ।

बालिका हत्याको आरोपमा पक्राउ परेका गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहको घरमा घरमै प्रहरीले खानतलासी नगरेको भन्दै स्थानीयले तोडफोड र आगजनी गरेपछि  प्रहरीले स्थिति नियन्त्रणमा लिन मंगलबार बिहान गोली चलाएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ