Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

तनाव बढ्दै गएपछि बर्दिबासमा कर्फ्यू, बालिका हत्या प्रकरण

तनाव बढ्दै गएपछि बर्दिबासमा कर्फ्यू, बालिका हत्या प्रकरण

थप हिंसा हुन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा कर्फ्यू लगाएको छ । ६ वर्षीया बालिकाको हत्या भएको विषयमा तनाव बढ्दै गएपछि बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा कर्फ्यू लगाउने निर्णय भएको हो । 

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए । 

बर्दिबासमा मंगलबार बिहान भएको झडपमा प्रहरीको गोली लागेका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि थप तनाव बढ्ने भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । थप हिंसा भड्किन नदिन कर्फ्यू लगाउने निर्णय भएको हो ।

बालिका हत्याको विरोधमा उत्रिएका न्यौपानेलाई प्रहरीको गोली लागेपछि उपचारका लागि हेलिकोप्टरबाट मंगलबार काठमाडौं ल्याइएको थियो । 

न्यौपानेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति १ बजे मृत्यु भएको हो । उनीसँगै गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ।

आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव सोमबार मध्यरातमा झाडीमा बोरामा फालिएको अवस्थामा भेटिएको थियो ।

बालिका हत्याको आरोपमा पक्राउ परेका गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहको घरमा घरमै प्रहरीले खानतलासी नगरेको भन्दै स्थानीयले तोडफोड र आगजनी गरेपछि  प्रहरीले स्थिति नियन्त्रणमा लिन मंगलबार बिहान गोली चलाएको थियो ।

प्रतिक्रिया