Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछाम जिल्लामा ‘रेडियो गाउँघर’ को परीक्षण प्रसारण सुरु

अछाम जिल्लामा ‘रेडियो गाउँघर’ को परीक्षण प्रसारण सुरु

प्रतिनिधि सभा सदस्य माननीय सांसद यज्ञ बहादुर बोगटीले समाज समृद्ध बनाउन संञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताएका छन ।

संञ्चार माध्यम समाजको ऐनाभएकाले सम्मुन्नत समाज निर्माणका लागि पत्रकारहरूले आफ्ना संञ्चार माध्यम परिचालन गर्नुपर्नेमा जोड दिए।

जागरण संञ्चार समुह अछाम द्वारा संञ्चालित रेडियो गाउँघर एफएम १०६.४ मेगाहर्जको उद्घघाटन कार्यक्रममा बोल्दै सांसद बोगटीले खोजपत्रकारिताले मात्रै परिवर्तनमा सहयोग गर्ने भएकाले रेडियोले पनि खोज पत्रकारितामा जोडदिनुपर्ने सुझाव दिए ।

पछिल्लो समयमा संञ्चार माध्यमहरू पार्टीगत रूपमा विभाजित हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै उहाले निष्पक्ष भूमिका निर्वाह गर्न समेत अनुरोध गरे।

रेडियो संञ्चालकसमिति अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अथिति जील्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरले जिल्लाको विकासमा संञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेलेको प्रशंसाा गर्दै आगामी दिनमा संञ्चार माध्यमहरूले सहकार्य गरेर अघि बढेमा भ्रष्टाचार र विकृति विसंगति हटेर जाने बताए ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का , अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय , नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा , प्रहरी प्रमुख योगेन्द्र सिं थापा, सामुदायिक रेडियो प्रसारक संघका सुदूरपश्चिम उपाध्यक्ष जनकराज भण्डारी लगायत सरोकारवालाले शुभकामना मन्तव्य राख्दै निस्पक्ष भएर काम गर्न सुझाएका थिए।

जागरण संञ्चार समूह अछामका उपाध्यक्ष हेमराज भण्डारीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संञ्चालन संस्थाका सचिव एबम रेडियोका कार्यकारी निर्देशक टेक बहादुर थापाले गरेका थिए ।

जागरण संञ्चार समूहद्वारा सञ्चालित ‘‘रेडियो गाउँघर’ले हिजाेदेखि आफ्नो परीक्षण प्रसारण सुरु गरेको हाे। रेडियो गाउँघर एफएम संञ्चालनमा आएसंगै अछाम जिल्लामा रेडियोको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया