Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाम जिल्लामा ‘रेडियो गाउँघर’ को परीक्षण प्रसारण सुरु

अछाम जिल्लामा ‘रेडियो गाउँघर’ को परीक्षण प्रसारण सुरु

प्रतिनिधि सभा सदस्य माननीय सांसद यज्ञ बहादुर बोगटीले समाज समृद्ध बनाउन संञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताएका छन ।

संञ्चार माध्यम समाजको ऐनाभएकाले सम्मुन्नत समाज निर्माणका लागि पत्रकारहरूले आफ्ना संञ्चार माध्यम परिचालन गर्नुपर्नेमा जोड दिए।

जागरण संञ्चार समुह अछाम द्वारा संञ्चालित रेडियो गाउँघर एफएम १०६.४ मेगाहर्जको उद्घघाटन कार्यक्रममा बोल्दै सांसद बोगटीले खोजपत्रकारिताले मात्रै परिवर्तनमा सहयोग गर्ने भएकाले रेडियोले पनि खोज पत्रकारितामा जोडदिनुपर्ने सुझाव दिए ।

पछिल्लो समयमा संञ्चार माध्यमहरू पार्टीगत रूपमा विभाजित हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै उहाले निष्पक्ष भूमिका निर्वाह गर्न समेत अनुरोध गरे।

रेडियो संञ्चालकसमिति अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अथिति जील्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरले जिल्लाको विकासमा संञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेलेको प्रशंसाा गर्दै आगामी दिनमा संञ्चार माध्यमहरूले सहकार्य गरेर अघि बढेमा भ्रष्टाचार र विकृति विसंगति हटेर जाने बताए ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का , अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय , नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा , प्रहरी प्रमुख योगेन्द्र सिं थापा, सामुदायिक रेडियो प्रसारक संघका सुदूरपश्चिम उपाध्यक्ष जनकराज भण्डारी लगायत सरोकारवालाले शुभकामना मन्तव्य राख्दै निस्पक्ष भएर काम गर्न सुझाएका थिए।

जागरण संञ्चार समूह अछामका उपाध्यक्ष हेमराज भण्डारीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संञ्चालन संस्थाका सचिव एबम रेडियोका कार्यकारी निर्देशक टेक बहादुर थापाले गरेका थिए ।

जागरण संञ्चार समूहद्वारा सञ्चालित ‘‘रेडियो गाउँघर’ले हिजाेदेखि आफ्नो परीक्षण प्रसारण सुरु गरेको हाे। रेडियो गाउँघर एफएम संञ्चालनमा आएसंगै अछाम जिल्लामा रेडियोको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया