Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ठाउँ-ठाउँमा पाइप फुट्दा पानी छताछुल्ल, उपभोक्ता मर्कामा - धनगढी

ठाउँ-ठाउँमा पाइप फुट्दा पानी छताछुल्ल, उपभोक्ता मर्कामा - धनगढी

धनगढीमा ठाउँ-ठाउँमा खानेपानीका पाइपहरु फुटेका छन् । खानेपानीका पाईपहरु फुट्दा एकातिर पानी पानी आपूर्ति कम भइरहेको छ भने अर्कोतिर उपभोक्ताहरुले दुर्गन्धित पानी पिउन बाध्य भएको गुनासो गरिरहेका छन्।

धनगढी उपमहानगर नजिकै मध्य क्षेत्रमा मात्रै कम्तीमा १० ठाउँमा मात्रै पाइप फुटेर पानी फुटेको जोकोहीले देख्न सक्छन् । सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा पनि मर्मतका लागि बेवास्ता गरिएको आरोप लागेको छ ।

खानेपानी अधिकारीले चुहावटबारे गुनासो गर्न आग्रह गरेका छन् । 

उपभोक्ताको दु:ख
धनगढीमा ठाउँ-ठाउँमा खानेपानीको पाईपहरु फुट्दा उपभोक्ताहरु स्वच्छ पानी पिउन पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। 

खानेपानीका पापइपहरु फुटेर पानी चुहिँदा माग अनुसारको पानी नपाइरहेको उनीहरुले गुनासो गरेका छन् । कतिपय उपभोक्ताले भने आफू बजारबाट पानी किन्न बाध्य भएको बताएका छन्।

खाल्डोमा पानी जम्मा हुँदा नगरको सौन्दर्य समेत बिग्रिएको छ। 

पाइप मर्मतका लागि खानेपानी संस्थानलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिरहेको आरोप लागेको छ । 

ठाउँठाउँमा पानीको पाइप फुटेर पानी चुहिँदा आफुहरुलाई पानी नै नपुग्ने उपभोक्ताहरूले बताएका छन् ।

सडकमा पानी जम्मा हुँदा दुर्घटनाको जोखिम बढेको समेत बताइएको छ । 

पानी चुहिने केही ठाउँमा सिमेन्टको स्ल्याबको टुक्राले ढाकीएको छ । 

धनगढी उपमहानगरपालिकाकै मूल गेट अगाडि २ ठाउँमा पाइप फुटेर हप्तौँदेखि पानी बगिरहेको भएपनि मर्मतका लागि भने बेवास्ता गरिएको गुनासो उपभोक्ताको छ । खानेपानी सस्थानमा जनशक्ति अभाव हुँदा मर्मतमा ढिलाइ भएको जनाएको  छ । 

धनगढी उपमहानगरपालिकाले पनि खानेपानी संस्थानसँग समन्वय गरी मर्मत गरिरहेको जनाएको छ।

खानेपानी संस्थान धनगढीमा यस विषयमा जानकारी लिन दुई दिनसम्म ताकेता गर्दा पनि अधिकारप्राप्त अधिकारी भेटिएनन् । 

सोमबार खानेपानी संस्थानको कार्यालय पुग्दा कार्यालय प्रमुख र सूचना अधिकारी भेटिएनन् भने कर्मचारीहरुले आफुहरुलाई सो विषयमा थाहा नभएको र प्रमुख र सूचना अधिकारीलाई बुझ्ने भनेका थिए । 

मंगलबार पनि खानेपानी संस्थानको कार्यालय पुग्दा कार्यालयका सूचना अधिकारी पंकजकुमारदासले सो विषयमा आफूलाई जानकारी नभएको बताए भने, कार्यालय प्रमुखसंग बुझ्नुपर्ने बताए । 

सो विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा उनले भने मर्मतको काम भइरहेको र फुटेको ठाउँहरु देखेमा जानकारी गराउन आग्रह गरे । 

उनले आफु केहीदिनका लागि बाहिर रहकोले अहिले भन्न नसकिने बताए । दिनेश खबर

प्रतिक्रिया