Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ठाउँ-ठाउँमा पाइप फुट्दा पानी छताछुल्ल, उपभोक्ता मर्कामा - धनगढी

ठाउँ-ठाउँमा पाइप फुट्दा पानी छताछुल्ल, उपभोक्ता मर्कामा - धनगढी

धनगढीमा ठाउँ-ठाउँमा खानेपानीका पाइपहरु फुटेका छन् । खानेपानीका पाईपहरु फुट्दा एकातिर पानी पानी आपूर्ति कम भइरहेको छ भने अर्कोतिर उपभोक्ताहरुले दुर्गन्धित पानी पिउन बाध्य भएको गुनासो गरिरहेका छन्।

धनगढी उपमहानगर नजिकै मध्य क्षेत्रमा मात्रै कम्तीमा १० ठाउँमा मात्रै पाइप फुटेर पानी फुटेको जोकोहीले देख्न सक्छन् । सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा पनि मर्मतका लागि बेवास्ता गरिएको आरोप लागेको छ ।

खानेपानी अधिकारीले चुहावटबारे गुनासो गर्न आग्रह गरेका छन् । 

उपभोक्ताको दु:ख
धनगढीमा ठाउँ-ठाउँमा खानेपानीको पाईपहरु फुट्दा उपभोक्ताहरु स्वच्छ पानी पिउन पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। 

खानेपानीका पापइपहरु फुटेर पानी चुहिँदा माग अनुसारको पानी नपाइरहेको उनीहरुले गुनासो गरेका छन् । कतिपय उपभोक्ताले भने आफू बजारबाट पानी किन्न बाध्य भएको बताएका छन्।

खाल्डोमा पानी जम्मा हुँदा नगरको सौन्दर्य समेत बिग्रिएको छ। 

पाइप मर्मतका लागि खानेपानी संस्थानलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिरहेको आरोप लागेको छ । 

ठाउँठाउँमा पानीको पाइप फुटेर पानी चुहिँदा आफुहरुलाई पानी नै नपुग्ने उपभोक्ताहरूले बताएका छन् ।

सडकमा पानी जम्मा हुँदा दुर्घटनाको जोखिम बढेको समेत बताइएको छ । 

पानी चुहिने केही ठाउँमा सिमेन्टको स्ल्याबको टुक्राले ढाकीएको छ । 

धनगढी उपमहानगरपालिकाकै मूल गेट अगाडि २ ठाउँमा पाइप फुटेर हप्तौँदेखि पानी बगिरहेको भएपनि मर्मतका लागि भने बेवास्ता गरिएको गुनासो उपभोक्ताको छ । खानेपानी सस्थानमा जनशक्ति अभाव हुँदा मर्मतमा ढिलाइ भएको जनाएको  छ । 

धनगढी उपमहानगरपालिकाले पनि खानेपानी संस्थानसँग समन्वय गरी मर्मत गरिरहेको जनाएको छ।

खानेपानी संस्थान धनगढीमा यस विषयमा जानकारी लिन दुई दिनसम्म ताकेता गर्दा पनि अधिकारप्राप्त अधिकारी भेटिएनन् । 

सोमबार खानेपानी संस्थानको कार्यालय पुग्दा कार्यालय प्रमुख र सूचना अधिकारी भेटिएनन् भने कर्मचारीहरुले आफुहरुलाई सो विषयमा थाहा नभएको र प्रमुख र सूचना अधिकारीलाई बुझ्ने भनेका थिए । 

मंगलबार पनि खानेपानी संस्थानको कार्यालय पुग्दा कार्यालयका सूचना अधिकारी पंकजकुमारदासले सो विषयमा आफूलाई जानकारी नभएको बताए भने, कार्यालय प्रमुखसंग बुझ्नुपर्ने बताए । 

सो विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा उनले भने मर्मतको काम भइरहेको र फुटेको ठाउँहरु देखेमा जानकारी गराउन आग्रह गरे । 

उनले आफु केहीदिनका लागि बाहिर रहकोले अहिले भन्न नसकिने बताए । दिनेश खबर

प्रतिक्रिया