Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

गाउँलेले १ तोला सुन दिने तमसुक बनाएर गाउँमै मिलाए किशोरी बलात्कृत हुँदा बैतडीमा

गाउँलेले १ तोला सुन दिने तमसुक बनाएर गाउँमै मिलाए किशोरी बलात्कृत हुँदा बैतडीमा

बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

काठमाडौंमा यो अध्यादेशबारे बहस भइरहेका बेला सुदूरपश्चिममा भने पीडित युवतीलाई एक तोला सुन दिने कपाली तमसुक गरेर बलात्कारको घटना लुकाइएको खुलेको छ ।

बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया युवतीमाथि भएको बलात्कारमा मिलापत्र गरेको पाइएको छ । असार दोस्रो साता सिगास गाउँपालिका वडा नं ३ का दीपक सिंह धामीले बलात्कार गरेको पीडित युवितीले बताएकी छन् ।

उनले धारामा पानी भर्ना जाँदा आफूमाथि भएको दुश्कर्मबारे परिवारलाई बताइन् । तर पीडक पक्षले घटना सार्वजिनक गरे ज्यान मार्ने धम्की दिएर मिलापत्र गराएको छ ।

घटना गाउँमै मिलाउन पीडित किशोरीलाई एक तोला सुन दिने सहमति भएको पाइएको छ । आरोपीले कात्तिक ३० गतेभित्र सुन नदिए आफन्त मनोज सिंह धामी र अमर सिंह धामीले आफूहरुले तिर्ने कपाली तमसुक गरेका छन् ।

अहिले पीडित परिवारलाई धम्की दिन थालेपछि प्रहरी कहाँ उजुरी दिने तयारी गरेका छन् । पीडित युवती आफन्तसहित जिल्ला प्रहरी कार्यालय बैतडी पुगेकी छन् ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दोषीमाथि कडा कारबाही गरिने बताए । ‘मैले पनि भर्खर घटनाबारे जानकारी पाएँ । किशोरीलाई बलात्कार गरी मिलापत्र गराइएको रहेछ’ उनले भने, ‘यसमा संलग्नहरू सबैमाथि कारबाही हुन्छ ।’ अनलाईनखबरबाट

प्रतिक्रिया