Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गाउँलेले १ तोला सुन दिने तमसुक बनाएर गाउँमै मिलाए किशोरी बलात्कृत हुँदा बैतडीमा

गाउँलेले १ तोला सुन दिने तमसुक बनाएर गाउँमै मिलाए किशोरी बलात्कृत हुँदा बैतडीमा

बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

काठमाडौंमा यो अध्यादेशबारे बहस भइरहेका बेला सुदूरपश्चिममा भने पीडित युवतीलाई एक तोला सुन दिने कपाली तमसुक गरेर बलात्कारको घटना लुकाइएको खुलेको छ ।

बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया युवतीमाथि भएको बलात्कारमा मिलापत्र गरेको पाइएको छ । असार दोस्रो साता सिगास गाउँपालिका वडा नं ३ का दीपक सिंह धामीले बलात्कार गरेको पीडित युवितीले बताएकी छन् ।

उनले धारामा पानी भर्ना जाँदा आफूमाथि भएको दुश्कर्मबारे परिवारलाई बताइन् । तर पीडक पक्षले घटना सार्वजिनक गरे ज्यान मार्ने धम्की दिएर मिलापत्र गराएको छ ।

घटना गाउँमै मिलाउन पीडित किशोरीलाई एक तोला सुन दिने सहमति भएको पाइएको छ । आरोपीले कात्तिक ३० गतेभित्र सुन नदिए आफन्त मनोज सिंह धामी र अमर सिंह धामीले आफूहरुले तिर्ने कपाली तमसुक गरेका छन् ।

अहिले पीडित परिवारलाई धम्की दिन थालेपछि प्रहरी कहाँ उजुरी दिने तयारी गरेका छन् । पीडित युवती आफन्तसहित जिल्ला प्रहरी कार्यालय बैतडी पुगेकी छन् ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दोषीमाथि कडा कारबाही गरिने बताए । ‘मैले पनि भर्खर घटनाबारे जानकारी पाएँ । किशोरीलाई बलात्कार गरी मिलापत्र गराइएको रहेछ’ उनले भने, ‘यसमा संलग्नहरू सबैमाथि कारबाही हुन्छ ।’ अनलाईनखबरबाट

प्रतिक्रिया

ट्रेन्डिङ