Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

हामीले पनि महिलाहरुलाई भगवान विष्णुले तुलसीलाई दिनुभएको सम्मानजस्तै सम्मान दिलाउनुपर्छ : डा.आरजु राणा देउवा

हामीले पनि महिलाहरुलाई भगवान विष्णुले तुलसीलाई दिनुभएको सम्मानजस्तै सम्मान दिलाउनुपर्छ : डा.आरजु राणा देउवा

नेपाली काँग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राणा देउवाले बुधबा।देखि सुरु भएको महिला हिंसाविरुद्धको अभियानका अवधिभर मात्रै नभई वर्षभरि नै सबैलाई सहभागी हुन अनुरोध गरेकी छन्। बुधबार एक भिडियो जारी गर्दै डा. देउवाले सबै एकतावद्ध भएर महिलाविरुद्धको हिंसा उन्मूलन गर्नुपर्नेमा जोड दिइन् । ‘आजदेखि सुरु भएको अभियानको अवधिमा मात्रै होइन, महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि वर्षभर लाग्न सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भिडियोमा भनेकी छन् ।

जुन समाजमा महिलामाथि घरभित्र र बाहिर हिंसा हुन्छ, त्यो समाजको कहिल्यै पनि प्रगति, उन्नति र सम्वृद्धि हुन नसक्ने देउवाको भनाइ थियो । महिलाहरुलाई हाम्रो धर्मशास्त्रले पनि उच्च दर्जा दिएको उनले बताइन् । हिरिवोधनी एकादशीको दिनमा सुरु भएको महिलाविरुद्धको हिंसाको अभियानले धर्मशास्त्र अनुसार पनि महिलामाथि सम्मान गरेको देउवाको तर्क छ ।

 ‘आज हरिवोधनी एकादशी हो। तुलसीको विरुवा रोप्ने दिन। तुलसीलाई भगवान विष्णुले दिनु भएको सम्मानजस्तै हामीले पनि महिलाहरुलाई सम्मान दिलाउनु पर्छ’, डा. देउवाले भनिन् । घरभित्र र घरबाहिर महिलालाई सम्मान गर्ने काम गरेर महिलाविरुद्ध हुने हिंसामा सबैलाई सहभागी हुन उनको अनुरोध छ ।

प्रतिक्रिया