ताजा अपडेट
नेपाली काङ्ग्रेसका स्वर्गीय नेता बुढाको श्रद्धाञ्जली कार्यक्रम रामारोशनमा सम्पन्न
मंसिर ११, अछाम
नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजना स्वर्गीय प्रेमबहादुर बुढाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य रामबहादुर विष्ट रहनु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय नेताले पार्टीका लागि गर्नुभएको योगदानको चर्चा गरिएको थियो । साथै सोही कार्यक्रम स्वर्गीय नेता बुढाकोक्रिया खर्च स्वरुप उहाँको परिवारलाई २० हजार ९ सय रुपैयाँ सहयोग गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पुर्व सभापति मेघराज खड्का ,पुष्प बहादुर शाह सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बि थापा , नेपाली काङ्ग्रेसका महासमिति सदस्य अनुराधा स्वार , नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचीव राम बहादुर शाही , जिल्ला सदस्य केश बहादुर बटाला, नेविसंघ पुर्व केन्द्रीय सदस्य कालि बुढा ,चन्द्र विक जिल्ला समन्वय समिति सदस्य शिव तिरुवा, बान्नीगढी जयगढ गाउँपालिका -४ का अध्यक्ष कर्ण ठकुल्ला, रामारोशन गाउँपालिका - ७ का अध्यक्ष खडक भण्डारी , भुमिसरण ढकाल, राजेन्द्र खड्का , इन्द्र रावत क्षेत्रिय सभापति कृष्ण बुढा अन्य नेताहरु तथा विभिन्न भातृ संस्थाका प्रतिनिधी जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन रामारोशन गाउँपालिकाका पार्टी सचिव पुर्णबहादुर विकले गर्नु भएको नेपाली काङ्ग्रेसका युवा नेता पुष्प बिष्टले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया