Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

लम्बिँदैछ कोरोना सङ्क्रमणको अवधि

लम्बिँदैछ कोरोना सङ्क्रमणको अवधि

पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उनी घरमै एकान्तवास बसे । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुक्त नभईकन नियमित काममा निस्कन सकिएन भने ।

यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सकेका छैनन् । 

चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उनकी श्रीमती र दुई छोरीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । समाजमा भने अझै कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गर्दै विष्टले आफू सङ्क्रमित भएको सामाजिक सञ्जालमा राख्दा आफन्तबाटै उक्त पोस्ट हटाउन दबाब आएको सुनाए ।

चिकित्सकले नियमित काममा निस्कन मिल्ने भनेपछि सङ्क्रमित भन्ने बित्तिकै मानिसले छुट्टै दृष्टिकोणले हेर्छन् भन्ने डर रहेको छ । कतिपयमा लामो समयसम्म हल्का खोकी देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी कोरोना सङ्क्रमण भएको १४ दिनपछि नियमित काममा आउन थालेका छन् । १४ दिनपछि पनि ती स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण भइरहँदा पनि स्वास्थ्य सेवामा फर्कनुको कारण स्वास्थ्यकर्मीमा भएको भाइरस अन्य व्यक्तिमा नसर्ने भएकाले हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 

प्रतिक्रिया