Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

भाईरल बन्यो कक्षा १२ को परीक्षामा मोबाइलबाट चिट चोरेको भिडियो

भाईरल बन्यो कक्षा १२ को परीक्षामा मोबाइलबाट चिट चोरेको भिडियो

यही मंसिर ९ गतेदेखि जारी कक्षा–१२ को परीक्षा दिनेक्रममा अनियमितता भएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ। भिडियोमा विद्यार्थीहरु मोबाइल हेर्दै उत्तर लेखिरहेका देखिएका छन्। २६ सेकेन्डको सो भिडियो परीक्षार्थीले नै खिचेको देखिन्छ।

बोर्डले परीक्षामा पर्याप्त मात्रामा निरीक्षकहरुको व्यवस्था गरिएको, मोबाइल फोन निषेध गरिएको एवं सामाजिक दूरी कायम गरेर परीक्षा दिने व्यवस्था गरिएको बताएपनि भाइरल भएको सो भिडियोमा कतिपय विद्यार्थीहरुले मास्कसमेत नलगाएका देखिन्छ। परीक्षा हलमा निरीक्षकको उपस्थितिसमेत देखिँदैन।

यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन। यस घटनाबारे राष्ट्रिय परीक्षा बोर्डमा भने कुनै सूचना पुगेको छैन। परीक्षामा ‘स्मार्ट’ फोन प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुरअनुसार कारबाही हुने तथा नियमविपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षासमेत रद्द हुने बोर्डले जनाएको छ।

चार हजार १०५ परीक्षा केन्द्र रहेकोमा सबै केन्द्रको अनुगमन गर्नसक्ने अवस्था नरहेको तथा अनुगमन गरेको केन्द्रहरुमा भने राम्रोसँग परीक्षा भएको बोर्डको दाबी छ। कक्षा–१२ को परीक्षामा चार लाख ३३ हजार विद्यार्थी सहभागी छन्। लाेकपाटीबाट

प्रतिक्रिया