Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रामारोशनमा गाउँपलिकास्तरिय खेलकुद प्रतियोगिता सुरु

रामारोशनमा गाउँपलिकास्तरिय खेलकुद प्रतियोगिता सुरु

अछाम 

चर्चित स्मृति युवा क्लब रामारोशन गाउँपालिका -७ को आयोजना सुरु भएको गाउँपालिकास्तरिय खुला भलिबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ। 
चर्चित स्मृति युवा क्लबका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट रहनु भएको थियो ।
 कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले खेलकुदमा लगानी र खेलाडीको विकास भयो भने राष्ट्रको प्रतिष्ठा उच्च रहने उहाँले बताउनुभयो । 
खेलाडीले खेल मनोरञ्जन लागि मात्र नभएर समाजको र देशको गौरवलाई बढवा दिने गरि खेल खेल्नु पर्ने पनि बताउनु भएको छ। यसका लागि आफूले सक्ने सहयोग गर्ने पनि उहाँले बचन व्यक्त गर्नु भएको छ। साथै उहाँले बाढी पहिरो बाट  क्षेति ग्रस्त रामारोशनको पुन:निर्माण र विकासका लागि सरकार गम्भीर ध्यानाकर्षण गराउने समेत बताउनु भएको छ।

कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदले रामारोशनको खेलकुदको विकासका लागि आफू र आफ्नो सरकार लागि रहेको बताउनु भएको छ । साथै उहाँले निकट दिनमा रामारोशनको खेल जगतलाई अगाडि बढाउन उपयुक्त समय र ठाउँमा अध्यक्ष कप प्रतियोगिता गरिने बताउनु भएको छ। 

कार्यक्रममा अर्का बिशेष्ट अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावलले रामारोशन क्षेत्रमा भलिबल खेल मात्र नभएर थुप्रै खेलको सम्भावना रहेकाले यसमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनु भएको छ। कार्यक्रम वडा न ७ का अध्यक्ष खडक भण्डारी, नेपाली कांग्रेस अछामका पूर्व जिल्ला सचिव राम बहादुर शाही ,नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सचिवालय सदस्य खकेन्द्र मानसिंह, जिल्ला सदस्य ललिता बुढा, नन्दलाल भण्डारी, नेकपा प्रतिनिधि बिर्ख भण्डारी ,कांग्रेस प्रतिनिधि चन्द्र विक , नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विक ,कांग्रेस युवा नेता पुष्प बिष्ट, दल बहादुर साउद ,विन्देश्वरी माविका प्रअ कुल बहादुर भण्डारी ,अनेरास्ववियु का डम्बर अयडि ,चन्द्र भण्डारीलगायतको सहभागीता रहेको कार्यक्रमको स्वागत मन्तव्य चित्र भण्डारीले गर्नुभएको थियो भने सन्चालन नवीन भण्डारीले गर्नुभएको थियो । ३ दिन सम्म सन्चालन हुने खेलमा १८ वटा टिमको सहभागीता रहेको छ।

प्रतिक्रिया