ताजा अपडेट
रुकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु थप सामग्री
रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना भएको हो। दुर्घटनामा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको आठबीसकोटका मेयर गोरखबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते छन्। जीप चालक फरार रहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा सञ्चालित अधिकांश सवारी साधन थोत्रा छन्। सडक कच्ची भएका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया