ताजा अपडेट
हिजो माओवादीकै कारण फाइदा लिएकाहरू आज माओवादीप्रति नै कठोर र असहिष्णु किन ? : विष्णु रिजाल
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालले माओवादीकै कारण फाइदा लिएका तत्कालीन एमाले नेताहरू उनीहरू (माओवादी) प्रति कठोर र असहिष्णु देखिएको टिप्पणी गरेका छन् ।
शनिबार ट्वीट गर्दै नेता रिजालले उक्त टिप्पणी गरेका हुन्।
‘माओवादीसँग एकता भएकै कारण एमालेका जो-जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहाँहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन,’ उनले लेखेका छन् ।
उनले तत्कालीन एमाले एक्लै लड्दा र माओवादीसँग मिलेर लड्दाको परिणामसम्म मूल्यांकन गर्न अनुरोध गरेका छन्।
उनले भनेका छन्, ‘०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा क-कसले हारे-जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ।।’
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज सचिवालय बैठक छ।
माओवादीसँग एकता भएकै कारण एमालेका जो-जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहॉहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन।०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा क-कसले हारे-जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ।
— Bishnu Rijal (@bishnurijal1) November 28, 2020
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले शनिबारको सचिवालय बैठकमा पेश गर्ने प्रस्ताव तयार पारेका छन्। कात्तिक २८ को सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
सोही प्रस्तावको जवाफ दिन ओलीले १० दिन मागेका थिए। सेतोपाटी
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया