ताजा अपडेट
उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी - चारवटा प्रदेशको नतिजा सार्वजनिक
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन् ।
महासंघको ५४ औं साधारण सभाबाट कुवँर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
सुदूरपश्चिम प्रदेशबाट १० भोट खसेकोमा कुवँर ८ भोट पाएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाएर पराजित भएका छन् ।
चारवटा प्रदेशको नतिजा सार्वजनिक
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मतसहित विजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले भने एक मत पनि प्राप्त गरेन्न् ।
यसैगरी, गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरे । यसैगरी, लुम्बिनी प्रदेशबाट जसमेर मियाँ १० मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरे ।
यसैगरी, कर्णाली प्रदेशबाट लालिमान बुढा ७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटम प्रतिस्पर्धी प्रकाश अधिकारीले ३ मत प्राप्त गरे ।
सुदुरपश्चिमबाट पुष्पराज कुवँर ८ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया