ताजा अपडेट
चार दिन देखि बयालपाटामा अलपत्र भारतिय बृद्ध महिलाकाे कांग्रेस नेता राजन कुँवरकाे पहलमा उद्दार
बयालपाटा अस्पताल नजिकै बिगत ४ दिन देखि अलपत्र एक भारतीय बृद्ध महिलाकाे उद्दार गरिएको छ । कांग्रेस नेता राजन कुँवर पहलमा ती महिलालाई उद्दार गरि उपचारको लागि बयालपाटा अस्पतालमा राखिएको छ । ती बृद्ध महिलालाई उपचार पछि ल्याक नेपाल द्रारा साफेबगरमा सञ्चालित सेब हाउसमा राखिने नेता कुँवरले बताए ।
भारतकाे युपि प्रदेश घर बताउने ती महिला असाेज महिना देखि साफेबगर नगरपालिका ७ रिडिकाेटकाे क्वारेन्टाईनमा बसेकाे र बिरामी भएपछि रिडिकाेटका केहि युवाको पहलमा बयालपाटा अस्पताल भर्ना गरिएको वडा अध्यक्ष मिठ्ठु भाटले बताए । ती महिलाको बारेमा अाफुले साफेबगर नगर प्रमुख कुल बहादुर कुँवरलाई जानकारी गराएकाे वडा अध्यक्ष भाटले बताए ।
बयालपाटा अस्पतालका अनुसार ति महिलालाई सामान्य उपचार गरेकाे र महिला गएकाे बताएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया