ताजा अपडेट
चार दिन देखि बयालपाटामा अलपत्र भारतिय बृद्ध महिलाकाे कांग्रेस नेता राजन कुँवरकाे पहलमा उद्दार
बयालपाटा अस्पताल नजिकै बिगत ४ दिन देखि अलपत्र एक भारतीय बृद्ध महिलाकाे उद्दार गरिएको छ । कांग्रेस नेता राजन कुँवर पहलमा ती महिलालाई उद्दार गरि उपचारको लागि बयालपाटा अस्पतालमा राखिएको छ । ती बृद्ध महिलालाई उपचार पछि ल्याक नेपाल द्रारा साफेबगरमा सञ्चालित सेब हाउसमा राखिने नेता कुँवरले बताए ।
भारतकाे युपि प्रदेश घर बताउने ती महिला असाेज महिना देखि साफेबगर नगरपालिका ७ रिडिकाेटकाे क्वारेन्टाईनमा बसेकाे र बिरामी भएपछि रिडिकाेटका केहि युवाको पहलमा बयालपाटा अस्पताल भर्ना गरिएको वडा अध्यक्ष मिठ्ठु भाटले बताए । ती महिलाको बारेमा अाफुले साफेबगर नगर प्रमुख कुल बहादुर कुँवरलाई जानकारी गराएकाे वडा अध्यक्ष भाटले बताए ।
बयालपाटा अस्पतालका अनुसार ति महिलालाई सामान्य उपचार गरेकाे र महिला गएकाे बताएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया