Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

अछामकै ऐतिहासिक डौंठेगडा दसैं मेला आज : यसपाली नित्य पुजा मात्रै

अछामकै ऐतिहासिक डौंठेगडा दसैं मेला  आज  : यसपाली  नित्य पुजा मात्रै

जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला यस वर्ष नहुने भएको छ।  कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष लाग्ने दसैंमेला यस वर्ष कोरोनाका कारण नहुने गांज्राका वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काले जानकारी दिए। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला २ सय २९ वर्ष पछि पहिलो पटक रोकिएको हो। 

डौंठेगडा दसैंमेला वि.स. १८४९ साल देखि निरन्तर रूपमा मनाईदैं आएको थियो। डौंठेगडामा सयौं राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ। काेराेना भाईरस बाट सुरक्षित हु भन्दै देश तथा बिदेश बाट यस बर्ष सयौं रागा बाेकाकाे भाकल समेत गरिएका छन् ।

यस्तो छ डौंठेगडाकाे इतिहास

आफ्नो मनोकांक्षा पुराहोस् भनेर बर्दादेबी मातालाई राँगा बोकाको भाकल गरिन्छ। मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ। 

तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहास रहेको पाईन्छ ।  तत्कालिन समयमा गाउँका मुखियाको टाउको काट्नु भन्ने आदेश राजाबाट अाएपछी राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिएकाे थियो ।

सोही क्रममा गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनि प्रहरीले पक्राउ गरी लिएको र संयोगबस उनलाई लिने प्रहरी प्रमुख उनका मित रहेका थिए भन्ने भनाई छ।

जब उनलाई काट्न अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्याईयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए।

काट्न आएका खड्काका मित प्रहरीले उनलाई  भने, तपाई आफुले पुज्ने देबी देउतालाई सम्झनुहोस्, सिकीन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फालेर सकुशल नदी तरेको डौंठेगडाका जानकार थिर बहादुर खड्का बताउ छन ।

पौडी खेल्न नसक्ने खड्काले आफू नदी तरेर पारी जना सकेपछि डौंगेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए।

सहजै नदी पार गरेपछि गाउँमा फर्किएर तिनै खड्काले डौठेगडामा छौडाउँदै राँगाको बली दिएर दसैं मेलाको सुरुवात गरेको भनाई छ। 

त्यो बेलादेखि नै यहाँ दसैँ मेला लाग्ने गर्दछ। आफ्नो मनोकांक्षा पुराभए दौडाउँदै राँगाको बली दिने भाकल गरिन्छ।मनोकांश पुराभए राँगालाई दौडाएर बली चढाउने परम्परा छ। यहाँ अछामवाहेक बाजुरा, डोटी, कैलालीलगायत देश विदेशबाट मेला भर्न हजारौंको उपस्थित हुन्छन्।

 

प्रतिक्रिया