Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामकै ऐतिहासिक डौंठेगडा दसैं मेला आज : यसपाली नित्य पुजा मात्रै

अछामकै ऐतिहासिक डौंठेगडा दसैं मेला  आज  : यसपाली  नित्य पुजा मात्रै

जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला यस वर्ष नहुने भएको छ।  कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष लाग्ने दसैंमेला यस वर्ष कोरोनाका कारण नहुने गांज्राका वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काले जानकारी दिए। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला २ सय २९ वर्ष पछि पहिलो पटक रोकिएको हो। 

डौंठेगडा दसैंमेला वि.स. १८४९ साल देखि निरन्तर रूपमा मनाईदैं आएको थियो। डौंठेगडामा सयौं राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ। काेराेना भाईरस बाट सुरक्षित हु भन्दै देश तथा बिदेश बाट यस बर्ष सयौं रागा बाेकाकाे भाकल समेत गरिएका छन् ।

यस्तो छ डौंठेगडाकाे इतिहास

आफ्नो मनोकांक्षा पुराहोस् भनेर बर्दादेबी मातालाई राँगा बोकाको भाकल गरिन्छ। मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ। 

तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहास रहेको पाईन्छ ।  तत्कालिन समयमा गाउँका मुखियाको टाउको काट्नु भन्ने आदेश राजाबाट अाएपछी राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिएकाे थियो ।

सोही क्रममा गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनि प्रहरीले पक्राउ गरी लिएको र संयोगबस उनलाई लिने प्रहरी प्रमुख उनका मित रहेका थिए भन्ने भनाई छ।

जब उनलाई काट्न अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्याईयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए।

काट्न आएका खड्काका मित प्रहरीले उनलाई  भने, तपाई आफुले पुज्ने देबी देउतालाई सम्झनुहोस्, सिकीन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फालेर सकुशल नदी तरेको डौंठेगडाका जानकार थिर बहादुर खड्का बताउ छन ।

पौडी खेल्न नसक्ने खड्काले आफू नदी तरेर पारी जना सकेपछि डौंगेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए।

सहजै नदी पार गरेपछि गाउँमा फर्किएर तिनै खड्काले डौठेगडामा छौडाउँदै राँगाको बली दिएर दसैं मेलाको सुरुवात गरेको भनाई छ। 

त्यो बेलादेखि नै यहाँ दसैँ मेला लाग्ने गर्दछ। आफ्नो मनोकांक्षा पुराभए दौडाउँदै राँगाको बली दिने भाकल गरिन्छ।मनोकांश पुराभए राँगालाई दौडाएर बली चढाउने परम्परा छ। यहाँ अछामवाहेक बाजुरा, डोटी, कैलालीलगायत देश विदेशबाट मेला भर्न हजारौंको उपस्थित हुन्छन्।

 

प्रतिक्रिया