Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामका ६ स्थानीय तहमा एकैदिन ६ अस्पतालको शिलान्यास

अछामका ६ स्थानीय तहमा एकैदिन ६ अस्पतालको शिलान्यास

अछाम -

स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको छ भने अछामका ६ स्थानीय तहमा भवनको शिलान्यास गरिएको हो । कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जयगढ गाँउपालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० शैयाको अस्पतालको सिलान्यास गरिएको हो ।

ढकारी ,तुर्माखाँद , कमलबजार नगरपालिका र पन्चदेवल विनायक नगरपालिकामा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले शिलान्यास गर्नुभएको थियो । बान्नीगढी जयगढ गाँउपालिकामा १५ शैयाको शिलान्यास अस्पतालको सिलान्यास प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्टले गर्नुभएको थियो । यस्तै चौरपाटी गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नोती गरी बन्न लागेको १५ सैयाको अस्पतालको शिलान्यास राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँरले गर्नुभएको थियो सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।

अहिले संघमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गरिएको हो । प्रदेश नं १ मा ३२ , प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १९, गण्डकी प्रदेशमा ५३ , लुम्बिनी प्रदेशमा ६० , कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको छ । पाँच शय्याको अस्पतालका लागि ७० लाख, १० शय्याका लागि ८५ लाख र १५ शय्याका लागि रु एक करोड पठाइसकिएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया