ताजा अपडेट
रक्तश्रावका कारण अछाममा सुत्केरी महिलाको मृत्यु
अछाम जिल्लामा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ ।
गएराति १२ बजेर १५ मिनेटमा जिल्ला अस्पतालमा तुर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिनु भयो ।
हिजो सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४:०५ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछी करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको डाक्टर भारद्धाजले बताउनु भयो ।
छैटौँ बच्चाको आमा बन्न लागेकी नामसरालाई अस्पताल पुरयाईसकेपछी रक्तश्राव हुदा हुदै रगतको निकै अभाब हुदा रगतको ब्याबस्थान गर्दा गर्दै सुत्केरी महिलाको ज्यान बचाउन नसकीएको उहाँले बताउनु भयो ।
नामसराको पेटको बच्चा नै पहीले मुत्यु भईसकेको बताउनु भयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया